Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

किन दिए माओवादी नेता ध्रुव पराजुलीले स्वतन्त्र उम्मेदवारी ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ आश्विन २५, मंगलबार (५ महिना अघि)
किन दिए माओवादी नेता ध्रुव पराजुलीले स्वतन्त्र उम्मेदवारी ?

नेकपा माओवादी केन्द्रमा रहेर आफ्नो सम्पुर्ण उर्जाशिल समय व्यतीत गरेका ध्रुव पराजुलीले सिन्धुपाल्चोकको प्रतिनिधि सभा २ का लागि स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् ।

माओवादीभित्र तत्कालीन समयमा अग्निप्रसाद सापकोटाको समकक्षी नेता पराजुलीले माओवादी आफ्नो निति र सिद्धान्तबाट स्खलित हुँदै गएको र आफ्नो र पार्टीको विचार मिल्न छाडेको भन्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएका थिए । उनै पराजुलीले सुशासन , सहि निति निर्माण र दिगो विकासका लागि जनताद्वारा जनताको उम्मेदवारको रुपमा आफुलाइ उभ्याएका हुन् ।

पराजुलीको शब्दमा- मेरो उमेद्वारी किन ?
जनताको बलिदानको मुल्यमा प्राप्त ( देखाउनकै लागि सहि) जनाधिकारहरु मध्य मताधिकार पनि एउटा महत्वपूर्ण उपलव्धि हाे । पाँच वर्षका लागि असल, कुशल, स्वच्छ र इमान्दार जनप्रतिनिधि छनोट गरि मुलुक र मुलुकबासिकाे सेवा गर्ने शासक प्रशासक नियुक्त गर्न र सुशासन सुनिश्चित गर्ने निति कार्यक्रम निर्माण गरि कार्यन्वयन गर्ने अवसर अहिले पनि जनताको हातमा आएको छ । निकट विगतको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा लाग्छ, जन विरोधी र राष्ट्रघाति चरित्र र कर्मका दोषी सवै ठुला दल र तिनका प्राय सवै स्तरका उम्मेद्वार यसपाला पराजित हुदैछन। गाउका दलेकार्यकर्ता खुलेर तिनकाबिरूद्द बाेल्न हिच्किचाहे पनि जनताको रोजाई राजनितिक रुपमा सचेत, स्वतन्त्र र स्वच्छ छवीका उमेद्वारनै हुने देखिन्छ । सहरियामतदाताजति सचेत गाउले सबै गवार आक्ने तिनकाे चेतना पछिपरिसकेकाे छ।खरानी मुनीको भुङग्रो झै विद्रोहि र जाज्वल्यमान देखिएकाे जनमतकाे सम्मान र रक्षा गर्नु मेरो कर्तव्य मात्रै होइन ऐतिहासिक दायित्व हाे।यहि बुझाइ र बिश्वासकासाथ मैले मेराे उमेद्ववारि र विजयको दावीलाई पुष्टी गर्न निम्न लक्ष्य, उदेश्य र प्रतिवद्धताहरु संक्षेपमा अघिसारेकाे छु ।

मेरा लक्ष्य उदेश्यहरु के हुन त ?

एकै सारका अनेक रंग र रुपधारी ठुला साना दलहरुको लक्ष्य उदेश्य धर्म कर्म जे–जे भनेपनि चुनावमा भ्रम बाड्नु र चुनाव जितेपछि आफु र आफ्नाहरुकाे हुदो गर्नुअनि तिनकै वरपर घुमिरहने दुई चार गणेश कार्यकर्ताहरुलाई अल्माल्याई राख्न सिमित र तुच्छ चारो छर्नु बाहेक केहि रहेको छैन । कृषि प्रधान मुलुकले बार्षिक चार खर्बको खाध्यन्न आयात गर्छ । अठार खर्बको बैदेसिक ऋणभारले जनता थिचिएका छन् । १२ खर्ब भन्दा बढी व्यापार घाटाले जनता महंगिको मारमा परेको परयै छन । वर्षेनि अरबाैकाे आर्थिक बेरुजुले अर्थतन्त्र धरासयि भैसकेको छ । देशका उद्योग र कलकारखाना बेचि खाइ सकेर पनि नपुगि सरकार भुपु प्रमहरु समेतलाई दशै खर्च बापत जनही ७० लाख, ५० लाख ४०लाख र २०लाख भत्ता बितरण मात्रै गर्दैन वर्षेनी अनेक भ्रष्टाचार काण्ड मार्फत अर्वौ र खर्बौको अनियमिततामा लिप्त छ । निरन्तरको यस्तो चक्र देखि जनता निराश हुने, युवा पलायन हुने, जे लेखे, बोले कराए वा बलिदान गरे पनि केहि हुन्न , किन लेख्ने, बोल्ने वा मर्ने भनेर अग्रगामी दृष्टिकोण राख्ने बौद्धिक वर्ग समेत मौन रहन थालेको छ । यो स्थितिले देशमा पराइहरुको रजगज र हस्तक्षेप बढाएको मात्रैछैन आफुलाई देशका मशिहा हाै भन्ने कथित नेताहरूनै तिनका नांगा दलालमा परिणत भैसकेका छन् । विदेशीहरुका लागि यो अवस्था नियन्त्रित अराजकता पैदा गरि कठ्पुतलि सत्ताकायम गर्ने वा देशै कब्जा गर्ने सुर्वण अवशर भइरहेको छ । यतिवेला जनतामा आशा जागृत गर्नु हामी जस्ता स्वतन्त्र जनप्रतिनिधिको दायित्व हुन्छ । सहि निति र व्यावहारिक एवं बस्तुनिष्ट अवधिक योजना सहितको इमान्दारितापूर्ण कार्यन्वयनको खाका जन समक्ष प्रस्तुत गरि जनतासग सम्बाद गर्नजानुलाइ मैले आजकाे आफ्नाे कार्यभार बनाउनु पर्दछ। जिल्ला र क्षेत्रमै पनि गर्नुपर्ने कामको दायरा व्यापक छ । अझ राज्यको तल्लो तहबाट सिमित स्रोत साधानको आडमा थालिने नमुना कामका योजनाहरुले आशा जगाउनु पर्नेछ । सहि निति, व्यावहारिक र बस्तुनिष्ठ एवं परिणाममुखी आवधिक योजना ,जनतासँग कसिलो गरि जोडेर गरिने तिनको इमान्दारितापूर्ण कार्यन्वयनको खाका जनसमक्ष प्रस्तुत गर्नुु सजिलाे अबश्य छैन। र पनि यसो गर्दा प्राप्त हुने परिणामले जनतामा साँच्चै आशा जगाउन सकिन्छ भन्ने उदाहरण हर्क साङपाङ र बालेन शाहहरुले प्रस्तुत गरिसकेकै छन् । त्यसैगरि यस जिल्ला र क्षेत्रको सपेक्षतामा स्थानीय तहसँग समन्वय गर्दै निम्न कामहरु शुरुवात गरि पाँच वर्षभित्रै लक्षित परिणामहरु हाँसिल गर्नसकिन्छ र गरिन्छ।

नितिगत पक्ष:

१) नयाँ युगका बाहक देशैभरिबाट निर्वाचित हुने स्वतन्त्र उमेद्वारहरु र तिनका मतसँग सहमत जो कोहि जनप्रतिनिधिहरु बीच न्युनतम र अधिकतम सहमति सहकार्य र एकताका एजेण्डाहरु बनाइने छ ।
२) जनसरोकारका त्यस्ता समग्र विषयहरुलाई निश्चित विधिमार्फत जनअनुमोदनलिइ सशक्त र कामयाबि ढंगले सदनमा उठाइने छ । तिनलाई सत्ता र शक्तिको बलमा लत्याउन खोजे संसदलाई नै विद्रोहको थलो बनाइने छ ।
३) जनविरोधी र राष्ट्रघाति तमाम सन्धी सम्झौताहरु खारेज गरि राष्ट्र र जनहित अनुकुल हुनेगरि
नयाँ आधारमा नयाँ सन्धी सम्झौता गर्न पहल लिइने छ ।
४) सरकारले पेश गर्ने निति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्रथमिकता नदिएको अवस्थामा तिनलाई पास गर्न दिइने छैन ।
५) संविधानका विवादित वुँदाहरुलाइ जनअनुमोदनको प्रकृया अवलम्बन गरि खारेजी वा संशोधनको पहल लिइने छ ।
६) जनविरोधी कानुनहरुको खारेजी , शंशोधन वा समय सपेक्ष नयाँ ऐन निर्माणको पहल लिइने छ । जसमा जनताको रोजिरोटी , व्यापार व्यावसाय, यातायात, खरिदऐन,विकास निर्माण, रोजगारी, कर्मचारी नियमावलि, , सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, सहुलियत , प्रोत्साहन, दण्ड,अन्बेषण,औद्योगिकरण, सामजिक विभेद आदि समग्र क्षेत्रमा रहेका कानुनी वेथितिहरु अन्त्य गर्न र नयाँ निति निर्माण गर्न ठाेस पहल लिइने छ ।

ब्यावहारिक पक्ष :

१) केन्द्रबाट जिल्लालाई प्राप्त हुने र आफ्नै स्रोत परिचालन मार्फत प्राप्त हुने बजेटलाई मुलत किसानहरुको उत्थान गर्ने कृषि उत्पादन र उत्पादकत्वको विकासमा केन्द्रित गरि परिणाममुखी ( पन्चबर्सिय उत्पादन रणनितिक योजना ) कार्यन्वयन सुनिश्चित गरिने छ ।
२) जसरी मेरुदण्डबीन मानव शरिर ठाडो रहन सक्दैन स्वाधिन र सवल अर्थतन्त्रबीना मुलुक पनि संवृद्ध बन्दैन। यो मर्मलाई आत्मसाथ गर्दै मुलुकको र जिल्लाको स्वास्थ्य, शिक्षा, व्यापार, व्यावसाय, उध्याेग, दिगो भौैतिक पूर्वाधार, ग्रामिण पर्यटन जस्ता ब्यपकयोजनालाई पार्थमिक्रित गरि कृषि आधारित बनाइने छ ।
३) सरकारी निजि र सहकारी अवधारणा अन्तरगत अर्ध सरकारी कम्पनीहरु खडागरि निजि कम्पनीहरुसँग समेत सहकार्य गरेर स्थलगत विशेषता र विशिष्टता अनुकुलका कृषि उत्पादन बढाउने, कृषिजन्य उद्योग स्थापना गर्ने र तिनका उत्पादनहरूकाे बजारीकरणको बैज्ञानिक योजना बनाइ कार्यन्यन गरिनेछ । यसरी पाँच वर्ष भित्रै युवाहरुलाई रोजगारीका निम्ती विदेशिन नपर्ने आशा जागृत गरिने छ । ग्रमिण किसानको आयस्तरमा सीप र प्रविधि समेत गुणात्मक सुधार गरिने छ ।
४) किसानका उत्पादनहरु स्थानीय सरकारले किनिदिने समेत व्यापक क्षेत्रमा घरदैलो सेवा प्रदान गर्ने कामको शुरुवात गरिने छ ।
५) उत्तर आधुनिकतावादी कु संस्कृतिले समग्र मानव पिढीनै प्रदुशित गरिसकेको छ । यस विरुद्धको संग्राममा विजयी नबने सम्म हाम्रो मौलिक पहिचान र विकास सम्भब छैन। तसर्थ हामीले हाम्रो भावि पुस्तालाई असल मान्छे बन्ने शिक्षा प्रदान गर्नुछ । त्यस निम्ती पहिला असल मानिस बनेमात्रै ठुलाे र राम्राे कहलिन सकिन्छ भन्ने नैतिक शिक्षा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरि आधारभुत विद्यालय तह देखिनै पढाइने छ । तव मात्र विशेष र विशिष्ट शिक्षा हाँसिल गरेको मुल्य समाजले प्राप्त गर्नेछ ।

आदरणिय दिदिबहिनि तथा दाजुभाइहरू,उल्लेखित नितिगत र ब्यबहारिक लक्ष उदेश्यहरू भाेलिमैले निर्बाह गर्ने भुमिकाका सङ्क्षिप्त रूपरेखा मात्रै हुन। यी अपुर्ण छन,तपाइहरूसगकाे सम्बादमार्फत यसलाइ पुर्ण बनाउनेछु। र यसबाट म आफु दायाँबायाँ भए तपाइहरूले दिने जस्ताेसुकै दण्डकाे भागिहुन मन्जुर छु। जित तपाइकाे हुनेछ। हारे म मात्रै हार्नेछु। मतदान गरि मलाइ जिताउनुहाेस,जिल्लाबासि सबैकाे कल्याण हुने कर्मकाे थालनि गराै। :सौजन्य

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

    सहबासपछि यस्तो गरेमा गर्भ रहदैन (यौन जिज्ञासा र समाधान)

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0