स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशले सिन्धुपाल्चाेकको सुकुटे नजिकैको चिहानेमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमम सञ्चालन गरेकाे छ। रास्वपले पार्टीका उम्मेदवारहरु सहित विभिन्न तहका सदस्यहरुको सहभागीतमा शनिबार बिहान प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे।
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र न. १ का उम्मेदवार दिनेश श्रेष्ठ र क्षेत्र न.२ का उम्मेदवार माया गुरुङको उपस्थिति रहेको कार्यक्रममा प्रशिक्षक बागमती प्रदेश सभापति दीपक विश्वकर्मा तथा बागमती प्रदेश प्रवक्ता उत्सब अर्यालले चुनाव लक्षित प्रशिक्षण दिनुका साथै नेता र उम्मेदवारसँग अन्तरक्रिया र सुभकामना आदानप्रदान गरिएकाे थियाे।
कार्यक्रममा आफ्ना मतदाताहरूसँग प्रतिनिधि सभा उम्मेदवार श्रेष्ठ र गुरुङ अन्तरक्रिया गर्नुका साथै प्रवक्ता अर्याल र सभापति विश्वकर्माले उपस्थिति नेतालाई मत परिवर्तन काे लागि जनतामा जान आह्वान गरे।
पार्टीका उम्मेदवारहरुले घरदैलो अभियान शुरु गरिसकेका छन् । क्षेत्र नंं १ मा लिसंखुपाखर गाउँपालिका, सुनकोसी गाउँपालिका लगाएतका क्षेत्रमा घरदैलो गरिसकेको छ भने २ नं क्षेत्रमा पनि हेलम्बु गाउँपालीका, मेलम्ची नगरपालिकाका केही क्षेत्र सहित चौतारा साँगाचोकगढी नगरपालिकाका ११,१२ र १४ नम्बर वडामा आजै घरदैलो गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।