स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकको सभापति एवम् सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ की उम्मेदवार माया गुरुङले सिन्धुपाल्चोकमा पर्यटन क्षेत्रबाटै वार्षिक करोडौं रकम भित्राउन सकिने बताएकी छिन् ।
सिन्धुपाल्चोकमा रहेका विभिन्न जातजाति तथा भूगोलको फरकफरक संस्कृति र यहाँका प्राकृतिक सम्पदा आफैँमा पर्यटक लोभ्याउन पर्याप्त रहेको उनले बताइन् । तर यहाँका सडक असुरक्षित हुँदा यसबाट कुनै लाभ लिन नसकेको उनले बताइन् । राजधानी काठमाण्डौबाट नजिकै रहेको सिन्धुपाल्चोकमा रहेका हिमालहरूकाे आधार शिविरसम्म मात्र सुरक्षित सडक निर्माण गर्न सकेमा पर्यटकको ओइरो लाग्ने उनको तर्क छ ।
मंगलबार चौतारामा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले सुरक्षित सडक निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेका भन्दै सुरक्षित सडक पूर्वाधारको विकास भएमा मात्रै अरु सबै पक्षको विकास गर्न सकिने बताइन् । सुरक्षित सडक भएपछि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन सहितका सबै आवश्यकता पुरा गर्न सकिने उनले बताइन् । पर्यटनको विकासबाट जनताको जीवनस्तर समेत सुधार्न सकिने उनले बताइन् । पर्यटनको विकासका लागि आवश्यक जनशक्ति तयार पार्न आफूले तालिम समेत सञ्चालन गरी २ सय भन्दा धेरै किशोरीहरूलाई दक्ष बनाउँदै गरेको समेत उनले बताइन् ।
भुकम्प तथा त्यसपछिका बाढी पहिरोका कारण भएका क्षतिको पुननिर्माणलाई यस अघिका जनप्रतिनिधिहरूले प्रमुख मुद्दा नै नबनाएकाले सिन्धुपाल्चोकमा पर्यटन गतिविधि घट्दा ठुलो नोक्सान भएको उनले बताइन् । शिक्षा र स्वास्थ्य जनतासँग प्रत्यक्ष जोडिएको विषय भएपनि सरकारले यसलाई दोस्रो प्राथमिकतामा राखेको आरोप उनले लगाइन् । आफ निर्वाचित भएर गएपछि जनताका यस्ता सवालमा नीति निर्माण गरी त्यसलाई कार्यान्वयन गर्नु आफ्नो प्रमुख उद्देश्य भएको उनले बताइन् ।
पार्टीका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं १ का उम्मेदवार दिनेश श्रेष्ठले भने अहिलेका नेतृत्वले आवश्यकताको आधारमा विकास गर्न नसकेको बताए । विकासको मूल मर्म नै नबुझी अन्धाधुन्ध विकास गर्दा त्यसले विपद समेत निम्त्याएको हुनाले वातावरण अनुकुल विकास गर्नुपर्ने श्रेष्ठले बताए । गाउँमा भएका कृषि उत्पादनहरू उत्तिकै खेर गइरहेकोले त्यसको निकास हुनेगरि विकास गर्नु जरुरी रहेको उनले बताए । शिक्षा र स्वास्थ्यमा विशेष योजना बनाएर जानुपर्ने उनले बताए । जिल्लामा विद्यालयहरूको पूर्वाधार विकास भइसकेको भएपनि शैक्षिक गुणस्तरमा भने विकास हुन नसकेकोले बाल विकास कक्षाबाट नै शैक्षिक सुधारका योजना बनाउने उनले बताए । सबै जिम्मेवार निकाएहरुको ध्यान बालविकासमा नै लगाउनु आवश्यक रहेको उनको तर्क छ ।
जिल्लाका सबै स्थानिय तहमा उचित पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन जरुरी रहेको उनले बताए । पूर्वाधार विकासले मात्रै नभई त्यसको गुणस्तरमा समेत ध्यान दिन जरुरी रहेको उनले बताए । पर्यापर्यटनको विकास गर्न सकिएमा समग्र जिल्लाकै विकास हुने उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।