स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा सिन्धुपाल्चोकमा गुरु चेला नै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । सिन्धुपाल्चोक प्रतिनिसभा १ को प्रदेश ख मा प्रदेशसभा सदस्यका लागि नेकपा एमालेबाट शिक्षक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनै शिक्षकका विद्यार्थी चुनावी प्रतिस्पर्धामा जुटेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सो प्रदेश सभामा दीपक थापाले उम्मेदवारी दिएका छन् । निर्माण व्यवसायीको पारिवारिक पृष्ठभूमिका थापा राष्ट्रिय चुनावमा पहिलोपटक उम्मेदवार बनेका हुन् । उनका हजुरबुबा गेदबहादुर थापा पञ्चायत कालमा लामो समय प्रधानपञ्च बने भने उनका दाइ दिपेन्द्र थापा संघियतापछिको पहिलो स्थानिय तह निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडाध्यक्ष निर्वाचित भएका छन् । त्यही पारिवारिक अनुभव र समाजसेवाको हुटहुटी बोकेर दीपक थापा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका हुन् ।
नेकपा एमालेबाट सोही निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका होमनारायण श्रेष्ठसँग थापाले चौतारा बहुमुखी क्याम्पसमा अध्ययन गरेका हुन् । भौगोलिक हिसाबले पनि बलेफी खोला करिडोरका उनिहरु गुरुचेला भएपनि अहिले एउटै पदमा उम्मेदवार बनेका हुन् ।
एमालेका श्रेष्ठ भने यसअघि नै जुगल गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएर जनताबाट परिक्षण भइसकेका छन् । गाउँपालीका महासंघका अध्यक्ष समेत बनेका श्रेष्ठलाई भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । सो उजुरीमा जनप्रतिनिधि उम्काएर कर्मचारीलाई मात्रै मुद्दा दायर भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।