स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत आमसभा सम्पन्न गरेको छ । ठुलो हजारौंको संख्यामा उर्लिएको जनसागरकाबिच सयौं व्यक्ति अन्य दल छाडेर राप्रपा प्रवेश गरेका छन् ।
राप्रपा सिन्धुपाल्चोक क्षेत्र नं २ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा पुर्व अध्यक्ष पशुपतिशमशेर जबरा लगाएतले सम्बोधन गरेका थिए । राप्रपाको तर्फबाट सिन्धुपाल्चोकको सबै प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सबै उम्मेदवारहरुले समेत कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न दल त्याग गरि ७ सय ५० जना राप्रपा प्रवेश गरेको राप्रपा नेता भिमसेन खनालले बताए । पार्टी प्रवेश गर्नेमा सबैभन्दा धेरै नेपाली काँग्रेस परित्याग गर्नेहरु रहेका छन् । काँग्रेसबाट २ सय ५० जना भन्दा धेरै राप्रपा प्रवेश गरेका छन् भने २ सय भन्दा धेरै नेकपा एमाले, ५० भन्दा धेरै नेकपा माओवादी केन्द्र परित्याग गरि राप्रपा प्रवेश गरेका थिए भने बाँकी कुनै दलमा आवद्ध नभएका मतदाताहरू रहेको खनालले बताए ।
साविकको शिखरपुरबाट सबैभन्दा धेरै जना पार्टी प्रवेश गरेका थिए भने बाँसबारी, मेलम्ची, भोटेनाम्लाङ, हैबुङ लगाएतका स्थानबाट समेत पार्टीको विभिन्न जिम्मेवारी त्यागेर राप्रपा प्रवेश गरेको खनालले बताए । नवप्रवेशीहरुलाइ राप्रपा केन्द्रीय सदस्य दइन्द्र ठकुरी , जिल्ला अध्यक्ष निलध्वज थापा, क्षेत्रीय अध्यक्ष कुमारी तामाङ लगाएतले टिका तथा माला लगाइ पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टी अध्यक्ष लिङ्देनले अहिले ठुला भनिएका दलहरूले तीन दशक भन्दा लामो समय देशलाई बन्धक बनाएर राखेकाले अब जनताले विकल्प खोज्ने बेला भएको र त्यो विकल्प राप्रपा नै भएको जिकिर गरे ।
पार्टीको तर्फबाट प्रत्येक्षतर्फ सिन्धुपाल्चोक प्रतिनिधि सभा १ मा नारायण जंग पाण्डे , २ मा नरेसिं श्रेष्ठ गोपाल, प्रदेश सभा १ क मा निर्मला श्रेष्ठ , १ ख मा दिपक थापा, २ क मा बाबुराम खड्का र २ ख मा गोविन्द गुरुङ उम्मेदवार रहेका छन् । समानुपातिक तर्फबाट भने प्रतिनिधि सभामा पशुपतिशमशेर जबरा बन्दसूचीको पहिलो नम्बरमा र प्रदेशसभा तर्फ कुमारी तामाङ पनि बन्दसूचीको महिला तर्फ पहिलो नम्बरमा रहेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।