स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि मतदाता रिझाउँदै आफूप्रति आकर्षित गर्न अहिले उम्मेदवारहरूलाई भ्याइनभ्याइ छ । मतदाताहरू पनि आफूले मत हाल्ने उम्मेदवार छान्न उनीहरूको नीति, सिद्धान्त, उम्मेदवारको व्यक्तिगत छविको अध्ययन गर्दैछन् ।
ठूला भनिएका पुराना दलका उम्मेदवारहरू पुनः आफूहरूले नै मत पाउनुपर्ने भन्दै आफ्ना कार्यकर्ताहरू फकाइरहँदा मतदाता भने मत परिवर्तन गर्ने योजना बनाइरहेका छन् । पुराना दलहरूलाई पटकपटक जिताएर पठाउदा पनि जनताको अवस्थामा कुनै परिवर्तन नआएको भन्दै मतदाताहरू नयाँ दल र नयाँ उम्मेदवारप्रति आकर्षित भएका हुन् । पुराना दल र नेताबाट कुनै निकास ननिस्किएपछि मतदाताहरू राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताहरू उत्साहित भएका छन् ।
मत माग्दै घरदैलोमा आइपुगेका रास्वपाका सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का उम्मेदवार दिनेश श्रेष्ठसँग चौतारा साँगाचोकगढी १०, जल्कीनेका उत्तम ठकुरीले देशले परिवर्तन चाहेकोले अब पुराना दलहरूका नेतालाई मत नदिने बताए । ‘हामीले पुराना दलका नेताहरूलाई धेरै पटक मत हालेर जिताएर पठायौँ ।’ ठकुरीले भने —‘उनीहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि कुनै काम गरेको देखिएन ।’ उनीहरु आफ्नो, आफ्नो आफन्तको र कार्यकर्ताको घेराभित्र सीमित भएर जनताको आवश्यकताप्रति गैरजिम्मेवार बनेको ठकुरीले बताए ।
चुनावी घरदैलोको क्रममा जनताको मनमनमा घण्टी छाएको आफूले देखेको सिन्धुपाल्चोक २ की उम्मेदवार माया गुरुङले बताइन् । गाउँघरमा डुल्दा आफूले नमस्कार गर्न नपाउँदै स्थानीय मतदाताले नै आफूहरूले यसपालि घण्टीमा नै भोट हाल्ने हो भन्ने गरेकोले आफूलाई त्यसबाट ऊर्जा मिलिरहेको गुरुङले बताइन् । यसपटक जनताले विकल्प खोजिरहेको आफूलाई महसुस भएको छ र त्यो विकल्प आफैं रहेको गुरुङले बताइन् ।
पार्टीको तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा १ मा दिनेश श्रेष्ठ र २ मा माया गुरुङ उम्मेदवार छन् । दिनेश ग्रामीण विकास विषयमा विद्यावारिधि गर्दै गरेका सामाजिक क्षेत्रमा सक्रिय युवा हुन् भने गुरुङ सगरमाथा सहित विश्वका सातवटै महादेशका उच्च शिखरहरू सफल आरोहणको किर्तिमान कायम गरेकी कुशल पर्यटन व्यवसायी हुन् । पार्टीले प्रदेश सभामा आफ्नो उम्मेदवार उठाएको छैन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।