स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना बीच क्षेत्र १ र २ को सत्तागठबन्धन दल र एमालेको रोचक मतको प्रतिस्पर्धाले सबैलाई तानेको छ । प्रतिनिधि सभा क्षेत्र १ मा सत्तागठबन्धन दलका उम्मेद्वार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र एमालेका सरेश नेपालबीच चर्को रस्साकस्सी चलिरहेको छ ।
प्रदेशसभा क्षेत्र १ को भोटेकोसी, बाह्रबिसे नगर, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिकाको मत गणना सकिँदा नेपालभन्दा १३६ मतले सापकोटा पछि परेका थिए । तर सुनकोसी र बलेफी गापाको मत मतगणनापछि सापकोटा अगाडि लागेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सरेश नेपालले २० हजार ७९ मत पाँउदा माओवादीका माधव सापकोटा सुबोधले २१ हजार ७२ मत पाएका छन् । यो नेपालको भन्दा ९९३ बढी हो ।
प्रतिनिधि सभा २ मा भने गठबन्धन दलबाट कांग्रेसका मोहनबहादुर बस्नेत भारी मतान्तरले अघि बढिरहेका छन् । बस्नेतले १६ हजार ६२८ मत ल्याँउदा एमालेका शेरबहादुर तामाङले ९ हजार ८७१ मत मात्रै पाएका छन् । यो बस्नेतको भन्दा ६ हजार ७५७ ले कम हो । क्षेत्र १ को प्रदेश सभा (क) मा काङ्ग्रेसकी मसिना खड्का निर्वाचित भइसकेकी छिन् ।
त्यसैगरी प्रतिनिधि सभा २ को (क) मा गठबन्धनका माओवादी केन्द्रका युवराज दूलाल शरद ६ हजार ११२ मतको फरकमा अघि छन् । एमालेका अमानसिंह तामाङले ९ हजार ६१५ मत ल्याइरहँदा शरदले १५ हजार ७२७ मत ल्याएका छन् । प्रतिनिधि सभा १ को (ख) मा बलेफी गापाको मत गणना भइरहँदा गठबन्धनतर्फका माओवादी केन्द्रका सरल सहयात्रीले ३ हजार ८८८ मत र एमालेका होमनारायण श्रेष्ठले ३ हजार ७६५ मत ल्याएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।