Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

राप्रपाका पशुपति शमशेरले खुवाउने छन् नयाँ सांसदलाई शपथ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ मंसिर २५, आईतबार (१ महिना अघि)
राप्रपाका पशुपति शमशेरले खुवाउने छन् नयाँ सांसदलाई शपथ

४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् ।

प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् ।

यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म वि. सं १९९८ वैशाख २५ गते (सन् ७ मे १९४१) काठमाडौंको महाराजगंजमा जन्मिएका थिए ।

निर्वाचन आयोगमा उम्मेदवारले पठाएको व्यक्तिगत विवरण अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि ८१ वर्ष पुगेका छन् । उनको जन्ममिति वि सं. १९९८ माघ २० गते रहेको आयोगको विवरणमा छ ।

आयोगमा रहेको व्यक्तिगत विवरण अनुसार सर्लाही–२ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको उमेर ८५ वर्ष पुगिसकेको देखिन्छ । उनको जन्म मिति १९९४ वैशाख २४ देखिन्छ । तर उनले आफ्नो जन्ममितिमा त्रुटि रहेको भन्दै २०७४ सालकै प्रतिनिधिसभाको निर्वाचनपछि ज्येष्ठ सदस्यको हैसियतमा सांसदहरुलाई शपथ गराउन अस्वीकार गरेका थिए ।

त्यसपछि ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले शपथ गराएका थिए । यसवर्ष पनि निर्वाचित ठाकुरको जन्म मिति भने वि सं १९९९ वैशाख २४ गते रहेको आयोगको विवरणमा छ ।

प्रत्यक्षका १६५ र समानुपातिकका ११० जना गरी २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यको अन्तिम नामावली तय भएपछि निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

सँगसँगै आयोगले संघीय संसद सचिवालयमा पनि निर्वाचित सांसदहरुको विवरण पठाउँछ । जहाँ सांसदहरुको उमेरसहितका व्यक्तिगत विवरण पनि समावेश हुन्छ ।

निर्वाचन आयोगले विवरण पठाएपछि संघीय संसद सचिवालयले निर्वाचितहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्य पहिचान गर्छ । ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्ने हुन्छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसद सचिवालयले ज्येष्ठ सदस्य पहिचान गरेर शपथको मिति समेत प्रस्ताव गरेर राष्ट्रपति कार्यालयलाई पत्र पठाउँछ ।

त्यस अनुसार राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने हो । यसका लागि संघीय संसद सचिवालयले विशेष कार्यक्रमको आयोजना गर्ने अभ्यास छ ।

जबरा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका नाति र विजय शमशेर जबराका छोरा हुन् । ज्येष्ठ सदस्यको रुपमा उनले प्रतिनिधिसभा सदस्यहरुलाई शपथ खुवाउनुका साथसाथै सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको नेतृत्व समेत गर्ने अवसर प्राप्त गर्नेछन् ।

जबरा ती व्यक्ति हुन जसले मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि पञ्चायत समर्थकको अगुवाइ गर्दै राप्रपा गठन गरेका थिए । जबरा पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय थिए ।

जबरा पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री र पञ्चायत तथा स्थानीय विकास मन्त्री भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलस्रोतथ तथा सञ्चार मन्त्री भएका थिए ।

यसपटक राप्रपाले जबराको नाम समानुपातिक उम्मेदवारहरुको खस आर्यमा पहिलो नम्बरमा राखेको थियो । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले सामानुपातिक तर्फ पनि सात सिट पाएको छ । पहिलो नम्बरमा भएका कारण जबराले पुनः प्रतिनिधि सभा सदस्य हुने अवसर प्राप्त गरेका हुन् । अनलाइनखबरबाट

  • पशुपतिशमशेर राणा
  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0