स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफू निर्वाचित भएपछि मतदाताहरुलाई सन्देश पठाएका छन् । मतदातालाई धन्यवाद सहित पौडेलले संविधानप्रदत्त जिम्मेवारी निष्ठापुर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका बागमती प्रदेश सदस्य युवराज दुलालले बताए ।
यस्तो छ पौडेलले दुलाललाइ पठाएको सन्देश :
“माननीय युवराज दुलाल ज्यू
आज सम्पन्न राष्ट्रपति निर्वाचनमा आफ्नो अमूल्य मत दिइ मलाई विजयी गराउनु भएकोमा हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका रूपमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै संविधानको पालना एवं लोकतन्त्रको संस्थागत विकास र मुलुकको समुन्नतिका लागि संविधानप्रदत्त जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
धन्यवाद ।
तपाईंको
रामचन्द्र पौडेल”
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८