Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ चैत्र ५, आईतबार (६ दिन अघि)
सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

सिन्धुपाल्चोकका १२ वटा क्याम्पस मध्ये १० वटामा स्ववियु निर्वाचन सम्पन्न भएको छ । ५ वटा क्याम्पसमा स्ववियु पदाधिकारी चुन्न निर्वाचन भएको छ भने ५ वटामा सर्वसम्मत स्ववियु चयन भएको हो । दुइवटा क्याम्पसमा भने कम विद्यार्थी भएका कारण स्ववियु निर्वाचन भएन ।

जलबिरे भ्याली क्याम्पस जलबिरेको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का अच्यूत अधिकारी विजयी भएका छन् । अधिकारीले नेबिसंघका सुदेश ढकाललाई ३० मतले पछि पार्दै विजयी भएका हुन् । कुल मतदाता १ सय ९१ मध्ये १ सय ८१ मतदाताले मतदान गरेका थिए । अधिकारीले ७९ मत पाउदा नेबिसंघका ढकालले ४९ मत पाएका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश गोलेले ४६ मत पाए । अखिल (क्रान्तिकारी) बाटै सचिवमा बिक्रम भट्टराई, कोषाध्यक्ष दीपा सापकोटा र सदस्यहरुमा रिता बि.क, कृष्णकुमारी गोतामे र अस्मिता श्रेष्ठ निर्वाचित भएका छन् ।

जुगल क्याम्पस साँगाचोकमा पनि अखिल (क्रान्तिकारी) को प्यानलले जितेको छ । क्रान्तिकारीबाट सभापतिमा सुदर्शन अर्याल, मन्जु नेपाल, कोषाध्यक्षमा मनिला लामा, सदस्यमा सुस्मिता तामाड, अनिस गिरी र कुसुम तामाड बिजयी भएका हुन् । समानुपातिकतर्फ जमुना श्रेष्ठ दिपा राना, मनिका भुजेल, विष्णुमाया राना र सर्मीला गिरी निर्वाचित भएका हुन् ।

यता मेलम्ची भ्याली क्याम्पस हेलम्बु गाउँपालिका ४ मा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीहरुको संयुक्त प्यानल विजयी भएका छन् । सभापतिमा एमाले निकट अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका रणजित कार्कीले ५१ मत प्राप्त गरे । यस्तै, सचिवमा अखिल क्रान्तिकारीका राजन गिरी ७२ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रदिप गुरागाईं ७२ मत ल्याएर विजयी भए । सदस्यमा गोकुल लामिछाने ७१, सरिता जोती ६८ मत ल्याएर विजयी भए । सुन्तली तामाङ निर्विरोध भईन् । सदस्यमा निर्वाचित तामाङ र ज्योति अखिल क्रान्तिकारीका हुन भने लामिछाने एमाले निकट अनेरास्ववियुका हुन् ।

अरनिको कलेज बाह्रबिसेमा नेविसंघबाट सभापति सन्दीप बस्नेत निर्वाचित भएका छन् । सचिवमा र कोषाध्यक्षमा अनेरास्ववियुले जितेको छ । सचिवमा सजान तामाङ र कोषाध्यक्षमा सबिना कार्की विजयी भएका हुन् ।

 

त्यस्तै ईन्द्रावति क्याम्पस मेलम्चीमा गोला प्रथाबाट सभापतिमा अनेरास्ववियुका किसन दुलाल बिजयी भएका छन् । नेविसंघ दुलाल र नेविसंघका उम्मेद्वार सरोज बस्नेत दुबैले १ सय ८ मत प्राप्त गरेपछि पुनः मतगणना गरिएको थियो ।

अन्तिममा दुबै पक्षबाट गोला प्रणालीबाट सभापति चुनिने सहमति भएपछि अनेरास्ववियुका किसन दुलाल विजयी भएका छन् । दुई सय ४२ मत खसेकोमा अन्य सचिव, कोषाध्यक्ष र सदस्य पदमा भने अनेरास्ववियु क्रान्तिकारी, अखिल र राप्रपाको गठबन्धन विजयी भएको छ ।

५ वटामा निर्विरोध

यसअघि ५ क्याम्पसमा मनोनयन दर्ताकै दिन सर्वसम्मत पदाधिकारी निर्वाचित भइसकेका थिए । जिल्लाका प्रमुख चौतारा बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी संगठनले अन्य पदहरू लिएर सर्वसम्मत रूपमा स्ववियु निर्वाचित भएका छन् । सुनकोशी बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी हिरा थामी सभापतिमा निर्वाचित भइन् भने अखिल क्रान्तिकारी र नेविसंघले अन्य पदहरू लिए ।

ककलिङ क्याम्पस ठूलोपाखरमा अखिल क्रान्तिकारीका लक्ष्मण घिसिङ सभापति छानिए । त्यस्तै, ठोकर्पा सामुदायिक क्याम्पसमा नेविसंघकी सरस्वती जिसी सभापतिमा निर्वाचित भएकी छन् । ती दुबै क्याम्पसमा अनेरास्ववियु लगायतका क्रियाशिल सबै विद्यार्थी संगठनका प्रतिनिधिहरू रहेका छन् । उता सिन्धु भ्याली क्याम्पस भोटेचौरमा नेविसंघका सुरज चौलागाईं सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

यो परिणामसँगै सिन्धुपाल्चोकमा अखिल (क्रान्तिकारी) ले ४, अनेरास्ववियुले ३ र नेविसंघले ३ वटा क्याम्पसमा जित हासिल गरेको छ । अभयानन्द र पाँचपोखरी क्याम्पसमा भने विद्यार्थी न्यून भएकाले स्ववियु निर्वाचन नै हुन सकेन ।

  • स्ववियु निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

  • रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0