स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै स्थायी रुपमा खानेपानी काठमाडौ लैजान दबाबमुलक पदयात्राका लागि पार्टीको सम्पुर्ण टिम सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मेलम्ची आउने भएका छन् । यहि माघ २१ गते आइतबार पार्टीले मेलम्ची बजारदेखि खानेपानी मुहान अम्बाथानसम्म पदयात्रा गर्ने भएको हो ।
पार्टीले अभियानकै रुपमा देशका सात वटै प्रदेशमा तिन /तीन वटा राष्ट्रिय महत्त्वका योजनामा दबाबमूलक कार्यक्रम तय गरेको छ । यसको शुरुआत २१ गते सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाबाट गर्न लागिएको रास्वपा सिन्धुपाल्चोक संयोजक माया गुरुङले बताइन् ।
दबाब कार्यक्रमको संयोजन भने साँसद सोविता गौतमले गर्नेछिन् । दबाब यात्रामा पार्टी सभापति लामिछाने सहित पार्टीका केन्द्रीय सदस्यहरु र २१ जनै साँसदहरु समेत सहभागी हुनेछन् भने पार्टीको विभिन्न तहका पदाधिकारी समेत सहभागी हुने संयोजक गुरुङले बताइन् ।
२१ गते सभापति लामिछानेले मेलम्ची बजारमा कोणसभा गरि अभियानको बारेमा जानकारी दिदैं शुरुआत भएको घोषणा गर्ने र त्यसपछि बिहान ९:३० बजेबाट मेलम्चीस्थित खानेपानी कार्यालय , पिपलबोटबाट पदयात्रा शुरु गरि हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको छ । पदयात्राका क्रममा सभापति लामिछानेले स्थानीय बस्तिका बासिन्दाहरुको सुझाव तथा गुनासा समेत सुन्नेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।