स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशकाे विकास गर्न शासकिय स्वरुप परिवर्तन गर्न आवश्यक रहेकाे बताएका छन्। हालकाे जनप्रतिनिधिको भार देशले थेग्न नसक्ने भएकाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था गरि जनप्रतिनिधिको संख्या घटाउनुपर्ने उनको भनाइ छ।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोकको जिल्ला अधिवेशनलाई सम्वाेधन गर्दै उनलेे भने- ‘नेपाल जस्ताे सानाे मुलुकमा प्रदेश संरचना र राष्ट्रिय सभाकाे आवश्यकता छैन खारेज गर्नुपर्छ। ३ कराेड भन्दा कम जनसंख्या रहेकाे देशमा संघीय सरकार र बलियाे (अधिकार सम्पन्न ) स्थानीय सरकार भए पुग्छ।’
हरेक भ्रष्टाचार कान्डमा ठूला दलहरुकाे संलग्नता रहेकाे बताउँदै तीन दशकदेखि ठुला दलहरुकै कारण देशकाे अर्थतन्त्र धरासयी भएकाे आराेप लगाए । अन्य दलहरु देख्दा फरक देखिएपनि भ्रष्टाचार गर्ने सवालमा एक ठाउँमा उभिने गरेकाे उनकाे आरोप छ।
ठूला दलहरुकै कारण नेपालमा झन् गरिबी बढ्दै जाने र जनशक्ति पलायन हुँदै जाने क्रम नराेकिएकाले अब आफ्नाे पार्टीले हस्तक्षपकारी भूमिका खेल्ने उद्घाेष गरे ।
अधिवेशनले देवराज गुरुङको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
केन्द्रीय सदस्य उदय सापकाेटाले नेपालमा जनभावना बुझ्ने पार्टी भनेकै राप्रपा भएकाले अब मुलुकलाई राप्रपाले नेतृत्व गर्नुपर्ने बताए ।
यस्तै राप्रपा नेतृ एवं बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले राप्रपासँग सहि नीति र नेतृत्व भएकाले आफ्नाे पार्टीले नै देशकाे विद्यमान समस्या समाधान गर्न सक्ने जिकिर गरिन्।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।