Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

भोम्बो नाचको संरक्षण गर्दै जनैपुर्णीमा मेला

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र ६, आईतबार (९ महिना अघि) ६ पटक पढिएको
भोम्बो नाचको संरक्षण गर्दै जनैपुर्णीमा मेला

६ भदौ, चौतारा ।

जनैपुर्णीमाको अवसरमा सिन्धुपाल्चोकका विभिन्न देवालय तथा पोखरीहरुमा विशेष मेला लाग्ने गर्दछन् । ती विशेष मेलाहरुलाई थप विशेष बनाउने काम भने भोम्बो नाचले गर्दछ । विशेषगरी तामाङ समुदायका झाँक्रीहरुले नाच्ने नाच नाच भएकोले यसलाई भोम्बो नाचको नामले चिनीएको हो ।

जनैपुर्णीमाको दिन सिन्धुपाल्चोकको जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिकाको पाँचपोखरी र रैथाने पोखरी, इन्द्रावती गाँउपालिकाको नौलिङ महादेव, भोटेकोशी गाँउपालिकाको भैरवकुण्ड तथा चौतारा साँगाचोकगढी नगरपालिकाको रानीपोखरीमा विशेष मेला लाग्दछ । ती मेला भर्न सिन्धुपाल्चोक जिल्ला सहित काभ्रेपलाञ्चोक, दोलखा, भक्तपुर लगाएत देशका विभिन्न स्थानहरुबाट भक्तालुहरु आउने गरेका छन् । कोरोना महामारीका कारण स्थानीय तहहरुले मेला भर्न नआउन उर्दी जारी गरे पनि भक्तालुको संख्यामा भने खासै कमी आएको पाइदैन । यसरी चल्ने मेलाहरुको प्रमुख आकर्षण भने भोम्बो नाच नै रहेको छ ।

सदियौंदेखि तामाङ समुदायमा धामी झाँक्रीहरुले औषधि उपचार गर्दै आएका छन् । अस्पताल तथा औषधीको प्रचलन नहुँदा तिनै झाँक्रीहरुले नै जटील रोग समेत निको पार्ने गरेको किम्बदन्ती अझै कायम छ । तीनै झाँक्रीहरुले आफ्नो शक्ती बढाउन नयाँ झाँक्रीहरु उत्पादन गर्न यस्ता नाचहरु नाच्ने गर्दछन् । झाँक्री परम्परा विस्तारै लोप हुँदै जाने डरका कारण उनीहरु संगठीत भएरै तामाङ घेदुङहरु मार्फत यस्ता परम्परा बचाइराखेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका —८, रानीपोखरीमा भोम्बो नाच नाच्दै आइपुगेका चित्रबहादुर झाँक्रीले लोप हुन लागेको परम्परा बचाँउदै आफु यो नाच नाच्दै आएको बताए । ‘पहिले पहिले अस्पताल नहुँदा हामी झाक्रीले नै सबै रोगको उपचार गर्ने गरेका थियौं ।’ नेपाल तामाङ घेदुङ, चौताराका अध्यक्ष समेत रहेका झाँक्रीले भने —‘हामी हाम्रो परापुर्व कालदेखि चलिआएको परम्परा जोगाउन एकजुट भएर लागेका छौं । ’

यस्ता नाचहरुमा कहिलेकाँही महिला सहभागीता समेत देखिने गर्दछ । सामान्यतयाः पुरुषहरु मात्रै झाँक्रीको रुपमा देखा पर्ने भए पनि महिला पनि झाँक्री नाचमा देखिँदा दर्शालुहरु समेत दंग पर्न गर्दछन् । शरिरमा देवता प्रवेश गरेपछि मात्रै झाँक्री बन्न पाइन्छ । यस्तै महिला झाँक्रीमध्येकी एक हुन् सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका—९, कदमबासकी मनकुमारी तामाङ । आफु १३ वर्षको हुँदा आफ्ना बुबा तथा काकाहरुसँग पाँचपोखरी दर्शन गर्न गएपछि आफुमा देउता चढेको र त्यसपछि नियमीत रुपमा यस्ता अवसरहरुमा नाच्ने गरेको तामाङले बताइन् । यसरी पुरुषहरु सरह आफु पनि ढ्याङ्ग्रो बजाउँदै गीत गाँउदै हिँड्दा आफुलाई पनि रमाइलो लाग्ने गरेको उनले बताइन् ।

कोरोना महामारीको समय भएकोले यसबाट सुरक्षीत भइ चाडबाड मनाउनुपर्ने बाध्यता एकातिर छ भने नयाँ पुस्तालाई यो नाचको पुस्तातरण गर्नुपर्ने चुनौती समेत अर्कातिर छ । नयाँ पुस्तालाई यस्ता परम्परा हस्तान्तरण गर्नको लागि प्रयास समेत भइरहेको छ । यस्ता नाँचहरुमा ७० बर्ष कटेका अनुभवीदेखी १५ वर्षमुनीका बालकहरु समेत सहभागी हुन थालेका छन् । सबै खाले उमेरसमुहका युवाहरु यस्ता नाचमा सहभागी हुनाले परम्परा जोगाउन मद्यत पुगीरहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
धर्म/संस्कृती सम्बन्धि थप
  • त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

    त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

  • गाई काटेको आरोपमा ५ जना पक्राउ

    गाई काटेको आरोपमा ५ जना पक्राउ

  • बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित,  टीका कति बजे !

    बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित, टीका कति बजे !

  • चौतारामा पहिलोपटक कन्या पुजा

    चौतारामा पहिलोपटक कन्या पुजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0