स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ असोज , काठमाडौं ।
बडादशैं २०७८ को सम्पूर्ण साइतहरु सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाले ती साइतहरु प्रकाशित गरेको हो ।
प्रकाशित साइतअनुसार यश वर्षको दशैंको मुख्य दिन विजया दशमीको टिकाको साइत असोज २९ गते बिहान १० बजेर २ मिनेटको समय उत्तम रहेको छ । टीका लगाँउदा पुर्वी मोहडा उत्तम मानिएको छ ।
त्यस्तै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फेर्ने साइत भने
असोज २२ गते शुक्रबार बिहान ११:५६ को समय उत्तम मानिएको छ ।
२०७८ सालको वडादशैसँग सम्बन्धित साइतहरु
१. वि.सं. २०७८ असोज २१ गते बिहीबार नवरात्रारम्भ, घटनास्थापना बिहान ११:४६ बजे ।
२. वि.सं. २०७८ असोज २२ गते शुक्रबार झण्डा फेर्ने, बिहान ११:५६ बजे (पश्चिम मोहडा ३. वि.सं. २०७८ असोज २५ गते सोमवार श्री पचलीभैरव यात्रा।
४. वि.सं. २०७८ असोज २६ गते मङ्गलबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे स्थिरासन बिहान ८:४४ बजे ।
५. वि.सं. २०७८ असोज २७ गते बुधबार महाअष्टमी, कालरात्रि ।
६. वि.सं. २०७८ असोज २८ गते बिहीबार महानवमी ।
७. बि.सं. २०७८ असोज २९ गते शुक्रबार विजया दशमी, देवी विर्सजन बिहान ८ १९ बजे। टीका – बिहान १०:२ बजे (पुर्व मोहडा) श्री तुलजाभवानी यात्रा बिहान ७.५ बजे। स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा।
८. वि.सं. २०७८ कार्तिक २ गते मङ्गलबार अखिलबलिपूर्ति ।। ९. वि.सं. २०७८ कार्तिक २ गते मङ्गलवार कोजाग्रत व्रत।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।