स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ कात्तिक , चौतारा ।
राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट ५ जना पक्राउ परेका छन् ।
गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे -९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्ला बाह्रबिसे ९ का ३२ वर्षीय अर्जुन बहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी २ का ३० वर्षीय भिम बहादुर थामी, ३४ वर्षीय दिल बहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।
स्थानीय मान बहादुर थामीको बारीमा गाँउकै अर्जुन बहादुर थामीको गाई निजहरुले मानिसहरु मिली काटी मासु भाग लगाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा तत्काल प्रहरी टोली खटी गई उल्लेखित मानिसहरुलाई मासु भाग लगाई रहेकै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
उनिहरुलाइ सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई पशुपन्छी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८