Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २१, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ भाद्र २९, बुधबार (८ महिना अघि)
लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

देवराज सुवेदी । पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका वडा नम्बर ८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपरेका छन् । ६५ वर्षीया कोइराला केउरिनी—दुवाचौर खैँडी भजन संरक्षण समिति बनाएर लोकभजनको संरक्षण र सम्बद्र्धनमा लागेका हुन् ।

उनिअहिले मेलम्ची नगरपालिकाभित्र मात्रै नभई सिन्धुपाल्चोक जिल्लाकै विभिन्न गाउँगाउँमा पुगिरहेका छन् । हिन्दू धर्मसंस्कृतिमा परापूर्वकालदेखि नै प्रचलनमा रहेको लोकभजनमा रामचरित्र, कृष्णचरित्र, महाभारतलागायतका पौराणिक कथालाई लयबद्ध रुपमा छोटो टुक्का बनाइन्छ । सो टुक्कालाई खैँजडीको तालमा लयबद्ध रुपमा गाउँदै नाचिन्छ खैजडी भजनमा ।

पुरापूर्व कालदेखि चल्दै आएको संस्कृति पुस्तान्तरण नहुँदा भने समस्या भएको छ । पछिल्लो पुस्ताले सिक्न नचाहेकै कारण खैजडी लोकभजन संकटमा परेको छ । पुरानो लोकसंस्कृतिलाई बचाउन राज्यस्तरबाटै युवापुस्तालाई प्रेरित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने भजन समूहको भनाइ छ । तर मेलम्ची–७, दुवाचौरका दिनेश पौडेल भने कोइराला बाजेसँगै हिँडेर अहिले कथा भट्याउन सिकिरहनु भएको छ । २२ वर्षीय पौडेल संस्कृति संरक्षण गर्दै नयाँपुस्तालाई पनि यसको महत्वका बारेमा बुझाउन आफू सक्रियतापूर्वक लागेको बताउछन् ।

भजन गाउनकै लागि समूह बनाएर रातभरि पनि गाउँदै नाचेको अनुभव छ कोइरालासँग । ‘पहिले भजन गाउँदाका रौनक छुट्टै हुन्थ्यो; सामाजिक सद्भाव, एकआपसमा आत्मीयता बढ्थ्यो,’ आफ्नो लोकसंस्कृति लोप हुँदै गएकामा उनले दुखेसो पोख्दै भने -‘अहिलेका छोरा नाति आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सेर पश्चिमी संस्कृतिका भड्किला गीतमा रमाइरहेका भेटिन्छन् ।’ सत्यनारायण पूजा, व्रतबन्ध, अन्य धार्मिक कार्यमा खैजडीको तालमा भजन गाएर नाच्ने गरेको उनले सुनाए ।

आफ्नो विगत सम्झँदै कोइरालाले भने -‘छोरानाति सबैले खैँजडीको तालमा लोकभजन गाउन, नाच्न बिर्सिए; खैँजडी लोकभजन जोगाउनकै लागि भजन समूहलाई साथ दिएको हुँ ।’ उनको जाँगर र फूर्ति देखेर पनि खैँजडी भजन समूहले पनि उनलाई भरपुर साथ दिइरहेका छन् ।

बाउबाजेले मान्दै र मनाउँदै आएका केही संस्कृति पछिल्लो पुस्ता अपनत्व नलिँदा लोपान्मुख हुँदै छ । गाउँघरमा अत्यधिक रुचाइएका यस्ता संस्कृति पुस्तान्तरणमा अझै समस्या छ । युवावर्गको आकर्षण, चासो, लगनशीलता संस्कृति संरक्षणको तत्कालीन आवश्यकता हुन् । अहिले पनि केही युवाहरुमा यसको चासो भने रहेको पाइन्छ । लोलीमा लोली मिलाउनेहरुको भन्दा पनि अहिले कथा प्रस्तुतकर्ताको अभाव छ । भजन संरक्षणका लागि झ्याली, खैँजडी, मादललगायत आवश्यक सामग्रीको अभाव पनि त्यत्तिकै छ । स्थानीय तहलागायत विभिन्न निकायले यसबारेमा सहयोग गरेमा सजिलो हुने अपेक्षा काइरालाको छ ।

खैँजडीसँगै कोइरालासँग बालनटोली पनि छ । विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा बिचारी भारती चिन्तित छन् ।

बाजेपुर्खाले परम्परागतरुपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आए पनि अहिलेका पुस्ताले बालन नाच चटक्कै भुलेकाले संस्कृति लोप हुने खतरा बढेको भारती बताउछन् । बालन नृत्य दिनानु दिन लोप हुन थालेको विषयमा मेलम्ची–७ का पिताम्बर भारतीलाई निकै दुखेसो लागेको छ। भारतीले गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेको सुनाए । यस्तो कार्यले बाजेपुर्खाको पालादेखि निरन्तर चल्दै आएको यो संस्कृति आफूले पनि बचाउँदै आएको उनी बताउँछन् ।

अहिले यस्ता पर्वमा डिस्को, हिन्दी अंग्रेजी गीत गुञ्जने र अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको भारतीको भनाइ छ । विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरुपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा संस्कृति संरक्षण समिति सदस्यहरु बताउँछन् ।

हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको खाँट्टी परम्परामा आधारित बालान नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो लोप हुने अवस्थामा पुगेको धारणा समितिको छ । अबका युवालाई खैजडी भजनसँगै बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्ने र प्रत्येक चाडपर्वमा भजनकीर्तन बालन नृत्य अनिवार्यरुपमा प्रदर्शन गर्ने हो भने यो संस्कार र संस्कृतिको संरक्षण हुने उनीहरुको भनाइ छ ।

विगतमा बालन नृत्य गर्दा धार्मिकग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरूपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा संस्कृति संरक्षण समिति सदस्यहरू बताउँछन् । हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा पाका स्थानीयवासीको पनि जोड छ । स्थानीयवासी सिद्धिनारायण श्रेष्ठ यसको जगेर्ना गर्ने जिम्मा स्थानीय तहको पनि रहेकाले यस विषयको तालिम सञ्चालन गरी संरक्षण गर्नुपर्ने बताउँछन् ।

हिन्दू धर्ममा निकै प्रचलित खैँजडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादका रुपमा देख्न पाइन्छ । युवापुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा लोप हुँदै गएको हो । युवाको पुरानो संस्कृतिमा आकर्षण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालिमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुननसकेको हो ।

नगरले सहयोग गर्ने

माग भई आएमा त्यस्ता तालिम सञ्चालनमा आफुले सहयोग गर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए । उनलेले कला संस्कृति जोगाउन नगर तयार रहेको बताए ।

यहाँका स्थानीय तहले विभिन्न कार्यक्रममा टोलीलाई बोलाएर चाडवाड मेलामा भजन गाउन लगाउने गरेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पालिकाको सहयोगमा जनै पूर्णिमामा यस टोलीले भजन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
धर्म/संस्कृती सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0