स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शनिबार चौतारा साँगाचोकगढि नगरपालिका ७, सानोसिरुवारीको माहौल अलि फकर बन्यो । कर्नाल बजाउँदै ढोलक र झ्याम्टाको तालमा स्थानीयहरू पानी छ्यापाछ्याप गर्दै गाउँ परिक्रमा गरे ।
गाउँमा रहेको कलिदेवी, सेतिदेवी, भदौरे गणेश लगाएतमा मन्दिरमा पुगेर ‘हर हर महादेव पानी दे, यतिले पुगेन अझ धेरै दे’, ‘बारीको डल्लो सबेै सुक्यो, महादेव बूढो कता लुक्यो, हर हर महादेव पानी दे’ भन्दै युवायुवती , वृद्धवृद्धा तथा बालबालिकाहरु समेत पानी छ्यापाछ्याप गर्दै मुल सडकमा हिड्दा हरेक घरबाट पानी छ्याप्ने , पानी दिने गरे ।
लामो समयसम्म पानी नपरेर खडेरीका कारण खेतीपाती लगाउन नपाएपछि पानी पर्ने कामनाका साथ देवता पुकारीएको थियो । बारीमा मकै छर्ने बेला वितिसक्दा पनि पानी नपरेपछि हरेक खडेरीमा यसरी माग्ने गरिएको स्थानीय महेश धितालले बताए ।
हरेक घरबाट पुजा सामग्री संकलन गरि गाउँका शक्तिपिठहरुमा बली सहित पुजा अर्चना गर्दै ढोकल, झ्याम्टा बजाएर पानी छ्यापाछ्याप गर्दै गाउँ डुलेपछि पानी पर्ने जनविश्वास रहिआएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८