स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाण्डौ, ९ माघ ।
अहिलेसम्मकै सवैभन्दा धेरै १७ गुणा वढी आवेदन परेको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको मुख्यालयमा शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड भएको हो । चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो ।
कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। यो कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निश्कासन गरेको थियो ।
आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो ।
यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन् । यसरी कुल १२ लाख ११ हजार ११५ सदर आवेदकमध्येका बाँकी १० लाख ७१ हजार ५१३ आवेदकको हात भने खालि भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८