स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१६ माघ, काठमाडौँ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आइपीओ) आज बाँडफाँड भएको छ । उक्त आइपिओ बाँडफाँड बिहान १० बजे बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रिय कार्यलय लाजिम्पाट काठमाडौँमा भएको हो ।
बैंकको आईपीओमा कुल आवेदन मध्ये १४ लाख ७५ हजार ८ वटा आवेदनलाई योग्य ठहर गरेको थियो । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले पाएका छन् । सो भन्दा माथि केही भाग्यशालीले भने ६० कित्तासम्म शयर प्राीत गरेका छन् । प्रि अलोटमेन्टमा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।
बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८