स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाण्डौ, १९ माघ ।
भर्न छुट्यो भने पछुताउनु पर्ने साधारण शेयर(आइपिओ) खुल्ने भएको छ । यही माघ २८ गतेदेखि छुटाउनै नहुने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख कित्ता आईपीओ निष्कासन हुन लागेको हो ।
लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी तीन करोड ७५ लाख बराबरको ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
माघ २८ गते खुल्ने आइपिओ छिटोमा फागुन २ गते बन्द हुनेछ भने सो अवधीमा माग अनुसारको आवेदन नपरेमा ढिलोमा फागुन १३ गते बन्द हुनेछ । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्वाका साथै लघुवित्तको कार्यालय, एसविआई मन्र्चेन्टको कार्यालाय तथा मेरो शेयर एपको माध्यमबाट आईपीओ भर्न सक्नेछन् ।
काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्तले उपत्यका सहित विभिन्न जिल्लामा २० वटा शाखा कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । महिला लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।