स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं , २३ माघ ।
सर्वसाधारणको लागि ३४ लाख भन्दा वढि कित्ताको लागि आवेदन खुलेको छ । आजबाट ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपिओ) खुलेको हो।
आइपिओ निष्काशनको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ । कम्पनीको आइपिओमा २७ गतेसम्म आवेदन गर्न सकिनेछ। पर्याप्त आवेदन नपरेको खण्डमा आइपिओ भर्ने समय फागुन ७ सम्म हुनेछ।
यस कम्पनीले केहि समय पहिला स्थानिय आयोजना प्रभावितहरुका लागि सेयर बेचेको थियो। स्थानीय बासिन्दाको लागि खोलिएको सबै सेयर बिकेको थिएन। ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १०० अंकित दरको १८ लाख कित्ता शेयर तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागी नेपाल धितोपत्रबोर्डबाट माघ ४ गते स्वीकृती प्राप्त गरिसकेको थियो। ३४ लाख ९६ हजार ४०० कित्तामा सामुहिक लगानी कोष, कर्मचारी पनि समावेश छन्।
ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको आइपिओमा आवेदनकर्ताले न्युनतम १० कित्ता तथा अधिकतम १ लाख कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।
अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड रहेको छ। स्थानिय प्रभावित जनता र सर्बसाधारणलाई आइपिओ बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड पुग्नेछ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।