स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाण्डौ, १३ फागुन ।
ज्योति लाइफ इन्स्योरेन्सकाे साधारण शेयर आईपिओ आउने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएसँगै सो शेयर आउन लागेको हो ।
बोर्डले इन्स्योरेन्सलाई ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न फागुन ७ गते अनुमति दिएको हो ।
अहिलेसम्म कै उच्च संख्यामा आईपिओ भरेको महिला लघुवित्तलाई आधार मान्ने हो भने शेयर भर्ने मध्ये ६ लाख ६६ हजारले १० कित्ताकाे दरले शेयर पाउनेछन् । महिला लघुवित्तमा १५ लाख १९ हजारले आवेदन दिएका थिए । इन्स्योरेन्सले एनएमबि क्यापिटललाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८