स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं, साउन ४
सिन्धुपाल्चाेक जिल्लाबासीका लागि मध्यभोटेकोसीको आइपिओ बिक्री भोलिदेखि पुनः खुला गरिने भएको छ।
कोरोनाका बेलामा गरिएको निषेधाज्ञाका कारण खुलेको आइपिओको बिक्री बीचमै स्थगित भएको थियो।
अब छिटोमा १७ गते सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ।
यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिएको छ। उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने छ।
साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने छ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ (साविक घुम्थाङ्ग गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दा तथाआयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि आइपिओ खोलिएको हो।
जिल्लाबासीका लागि आइपिओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि पनि खुल्नेछ। आइपिओ बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ। सेतोपाटीबाट
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।