स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ मंसिर, काठमाण्डौ ।
न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । न्यादीको शेयर आज सुचीकृत भएको हो भने साम्लीङको हिजो बुधबार नै सुचीकृत भएको हो ।
न्यादी हाइड्रोपावरको १ करोड ५० लाख कित्ता शेयर नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको छ। सर्वसाधारणमा जारी गरेको आइपीओ समेत गरी कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्बसाधारणमा बिक्री गरेको २५ लाख ५० हजार कित्ता, स्थानीय वासिन्दाको लागि निष्काशन गरेको १५ लाख कित्ता र संस्थापक शेयर १ करोड ९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ ।
कम्पनीको पहिलो शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । बिहीबार यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।
त्यस्तै सामलिङ्ग पावर कम्पनीको शेयर पनि हिजो नै नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण भएको हो ।
कम्पनीले सर्वसाधारणहरुमा वितरण गरेको ७ लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरुका लागि निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको शेयर बिहीबार देखि कारोबारमा आउनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।