स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाह्रविसे, २८ पुस ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले आयोजना गरेको प्रथम कोमलमाया–खडग बस्नेत स्मृति नौ ए साइट जिल्ला स्तरीय फुटबलको उपाधि सुनकोसी गाउँपालिकाले हात पारेको छ ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका—४, पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा मंगलबार भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा सुनकोशी गाउँपालिकाले मेलम्ची नगरपालिकालाई १–० को गोल अन्तरले हराउदै उपाधिमा आफ्नो कब्जा जमाएको हो ।
पहिलो हाफसम्म दुवै पक्षबाट गोलरहित खेल खेलका भएपनि खेलको ६१ औ मिनेटमा सुनकोशी गाउँपालिकाका खेलाडी सुर्यै खत्रीले गोल गर्दे आफ्नो टिमलाई १ गोलले अग्रता दिलाएका थिए । मेलम्चीका खेलाडीहरु खेलको अन्तिम समयसम्म पनि गोल फर्काएर खेल बराबारी बनाउन खोजेपनि सफल नभएपछि त्यही एक गोल नै निर्णायक भएको थियो ।
प्रतियोगीतामा सुनकोशीका कृजल खडका उत्कृष्ट खेलाडी घोषीत भएका थिए भने प्रतियोगीताभरका सर्वाैउत्कृष्ट खेलाढी पनि सुनकोशी गाउँपालिकाकै सुर्य खत्री घोषीत भए । खत्रीले नगद २० हजार र ट्रफी हात पारेका थिए ।
प्रतियोगीतामा उत्कृष्ट फरवाड मेलम्चीका साजन माझी, मिल फिल्डर मेलम्चीकै विकास लामा,डिफेन्डर सुनकोशीका विक्रम माझी र उत्कृष्ट गोल रक्षक पनि सुनकोशी गाउँपालिकाकै एरोन कार्की घोषीत भए । उनीहरु सबैले नगद सात÷सात हजार र ट्रफी पाएका थिए । विजयी खेलाडीहरुलाई नेपाली काग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय खेलकुद विभागका संयोजक एवम पुर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगीतामा प्रथम हुने सुनकोशी गाउँपालिकाले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ट्रफी र मेडल हात पारेका थिए । त्यस्तै द्धितीय हुने मेलम्ची नगरपालिकाले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेका थिए ।
जिल्ला फुटबल संघको प्राविधिक र व्यवस्थापकीय सहयोगमा सुरु भएको प्रतियोगीताको सबै खर्च कांग्रेस केन्द्री सदस्य मोहनबहादुर बस्नेतको परिवारले व्यहोरेको थियो ।
आफ्ना दिवंगत बाबु–आमाको सम्झनामा ग्रामीण स्तरबाट खेल क्षेत्रको विकासमा टेवा पु¥याउँने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बस्नेतले बताए । कांग्रेस खेलकुद विभागले अब देशव्यापी रुपमा यस्ता खेलकुदको प्रतियोगीता आयोजना गर्ने बस्नेतले जानकारी दिए । प्रतियोगिताको नगद पुरस्कार प्रायोजन अमेरिका बस्ने बस्नेतका कान्छा भाइबुहारी प्रकाश र सृष्टिले गरेका थिए। फुटबल प्रतियोगीताको समापन समारोहमा राष्ट्रिय किर्तमानी धावक बैकुण्ठ मानन्धरलाई नगद ५० हजार सहित सम्मान गरिएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।