स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ असोज , मेलचौर ।
मेलचौर युवा जागरण समाजको आयोजनामा सञ्चालन भइरहेको प्रथम मालिकादेवी कप, 7A साइड फुटबल प्रतियोगिताको फाइनलमा सुनौलो बिहानी अभियान र चौतारा साँगाचोकगढी नगरपालिका ६, पिपलडाँडा पुगेका छन् ।
आज भएको सेमिफाइनलमा जित निकाल्दै दुई टिम उपाधिनजिक पुगेका हुन् । आज पराजित भएको दुईवटा टीम लिल फङ र काभ्रे जुनियरले भने तेस्रोको लागि प्रतिस्पर्धा गर्नेछन् ।
आज भएको पहिलो सेमिफानल खेलमा सुनौलो बिहानी अभियानले लिल फङ घले समाजलाई १-० गोल अन्तरले पराजित गरेको छ । सुनौलोको लागि मुस्कान श्रेष्ठले १ गोल गरे । म्यान अफ दि म्याच गोलकर्ता मुस्कान श्रेष्ठ घोषित भए ।
दोस्रो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६, पिपलडाँडाले काभ्रे जुनियर बोइजलाई २-० गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ६ का लागि दुबै गोल संजय विष्टले गरेका थिए । म्यान अफ दि म्याच वडा नम्बर ६ का संजय विष्ट भएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८