स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१ फागुन, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा सम्पन्न दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि त्रिभूवन आर्मी क्लबका देवराज महतराले जितेका छन् ।
११८ प्रतिस्पर्धीलाई पछि पार्दै खुलातर्फको प्रतियोगितामा महतराले २ घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौवीस किलोमिटरको दुरी पार गरेर प्रथम भएका हुन् । विजेत महतराले रु एक लाख दस हजार नगद पुरस्कार पाएका छन् ।
त्यस्तै प्रतियोगितामा २ घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरेर त्रिभूवन आर्मी क्लबकै श्रीकास राई दोस्रो हुँदै ७५ हजार र सोलुखुम्बुका सुमन कलुङले २ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो ५५ हजार रुपैंया पुरस्कार भएका चन् । चौथो, पाँचौ र छैठौं भएका भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमश ४० हजार ३० हजार र २० हजार नगद पुरस्कार हात पारे ।
महिलातर्फ सिन्धुपाल्चोकी नितु तामाङले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरि रु ६० हजार नगद पुरस्कार जितिन् । दोस्रो र तेस्रो क्रमशः सिन्धुपाल्चोककै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाए ।
जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । उनीहरुले क्रमशः ३० हजार २० हजार र १५ हजार पुरस्कार पाएको गोरखबक्स गणका गणपति निर्मलकुमार श्रेष्ठले बताए ।
जिल्ला न्यायाधिस चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकासी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनामा गत वर्षदेखि टे«ल रेसको आयोजना हुँदै आएको छ ।
नेपाल तिव्वतबीच भएको युद्ध ऐतिहासिक एवम् सामरिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार एवम पर्यटकीय प्रवन्धनमा टेवा पुर्याउनका लागि यो आयोजना हुँदै आएका छ ।
पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै सहायक रथी महतले प्रतियोगिताले सहासिक खेलकूदको विकाससँगै सैनिक र नागरिकबीचको सम्वन्ध प्रगाढ बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सामरिक महत्वको एैतिहासिक दुगुनागढीको पहिचान नयाँ पुस्तामा हस्तान्तरण र पर्यटकी गन्तव्यको रुपमा चिनाउन टेल रेसको आयोजना गरिएको पालिका अध्यक्ष पौडलले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।