स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दशरथ रङ्गशालामा सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सिन्धुपाल्चोकले चार स्वर्ण हात पारेको छ । सिन्धुपाल्चोकको याङ्ग्रीमा बोर्डिङ स्कुल, हेलम्बु, शेर्माथाङका दुई जना विद्यार्थीले दुइदुइ स्वर्ण जितेका हुन् ।
बोर्डिङका अस्मीता भुजेलले १५ सय मिटर र ३ हजार मिटर दौडमा स्वर्ण जितेकी हुन् भने सोही विद्यालयबाट सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै सहभागी भएका टिकाराम लोप्चनले ८ सय मिटर र १५ सय मिटर दौडमा नै स्वर्ण पदक जितेका हुन् ।
प्रतियोगिताका स्वर्ण पदक विजेताले भोलिबाट हुने राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा सिन्धुपाल्चोकबाट सहभागी अन्जना पुरी र रेश्मा रानामगर करातेतर्फ दोस्रो भएका छन् । त्यस्तै स्वर्णीम श्रेष्ठ १०० मिटर दौड, नविन खत्री हाइजम्प, स्वस्तीमा माझी सटपुट र अविना कार्की हाइजम्मतर्फ नै दोस्रो भए ।
सिन्धुपाल्चोकबाट सहभागी महिला भलिबल टिमले तेस्रो स्थान हासिल गरेको छ । तेक्वान्दो खेलमा मनिषा थापा, सुरज लिम्बु र राजु खड्का तेस्रो भए । कबड्डी खेलमा समेत सिन्धुपाल्चोककै टिम तेस्रो हुँदा उसु खेलाडीहरू सुभम श्रेष्ठ, एन्जल रानामगर, रोयना श्रेष्ठ र मनिला श्रेष्ठ तेस्रो भएका सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष अमुतमान श्रेष्ठले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८