स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
असोज २८ गतेबाट शुरु हुन लागेको दोस्रो मालिकादेवी कप सिन्धुपाल्चोक जिल्ला स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको लागि संस्थाको सचिवालय स्थापना गरिएको छ । प्रतियोगिताका लागि टिम दर्ता लगाएत अन्य आवश्यकिय कार्यालय प्रयोजनका लागि सचिवालय कार्यालय स्थापना गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका ७, मेलचौरस्थित दरबारडाँडामा हुने प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज २६ दिउँसो ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ताका मेलचौरमा रहेको इच्छेश्वरी महादेव मन्दिर छेउको घरमा रहेको यस संस्थाको सचिवालयमा सम्पर्क गर्नुपर्ने आयोजक संस्था मेलचौर युवा जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद असी हजार रुपैंया सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो र तेस्रो हुने पनि ट्रफि, मेडल र प्रमाणपत्र सहित नगर पुरस्कार क्रमशः चालीस हजार र बिस हजार रुपैंया नगद पुरस्कार पाउनेछन् ।
खेलमा सहभागी हुन चाहने टिमले टिम दर्ता शूल्क पाचँ हजार तिर्नुपर्ने श्रेष्ठले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८