स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका -७, मेलचौरमा सञ्चालन भएको दोस्रो मालिकादेवी कप, सिन्धुपाल्चोक जिल्ला स्तरीय सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा अंधेरी युथ क्लबले उपाधी जितेको छ ।
प्रतिस्पर्धी चौतारा -४, कुविण्डेलाई २-० गोलान्तरले पराजित गर्दै अंधेरीले दोस्रो मालिकादेवी उचालेको हो ।
फाइनल खेलमा कुविण्डेको खेलाडीबाट आफ्नै पोस्टमा आत्मघाती गोल भएको थियो भने अंधेरीको लागि सन्दिप लामाले १ गोल गरि क्लबलाई २-० को अग्रता दिलाएका थिए । त्यही नतिजा नै खेलको अन्तिम नतिजा बन्यो ।
दरबारडाँडामा भएको प्रतियोगितामा ईन्द्रावती १० युथ क्लबलाई पराजित गर्दै चौतारा ११ तेस्रो भएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडि अधेँरी युथ क्लवका आवाष लामा चयन भए । उत्कृष्ट गोल रक्षक मेलचौर युवा जागरण समाजका समिर दंगाल, उत्कृष्ट प्रशिक्षक अधेँरीका सुनिल शाही, उत्कृष्ट डिफेन्डर अधेँरीकै सन्दिप लामा । उत्कृष्ट मिड फिल्डर वडा नम्बर ४ का रोशन भुजेल ठहरीए । प्रतियोगिता भर ५ गोल गरेका लायन्स क्लवका संजय विष्ट सर्वाधिक गोलकर्ता बनेर सुनौलो जुत्ताको हकदार बने । चौतारा स्पोर्टिङ क्लव जुनियर फेयर प्ले खेल्ने टिम बन्यो ।
प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैया प्राप्त गरे । विजयी टिम तथा खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले बधाई सहित ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।