स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको तेश्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस म्याराथनमा त्रिभुवन आर्मी क्लबका देवराज महतरा प्रथम भएका छन् । नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेसको आयोजना गरिएको थियो ।
तेश्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको खुल्लातर्फको प्रतियोगितामा महतराले २ सय ४० प्रतिस्पर्धीलाई पछि पार्दै दुई घण्टा ८ मिनेटमा सांढे चौबिस किलोमिटरको दुरी पार गरी प्रथम पुरस्कार एक लाख दश हजार नगद सहित प्रमाण पत्र र मेडल प्राप्त गरे । उक्त दुरी गत वर्ष २ घण्टा १४ मिनेट ३० सेकेण्डमा पुरा गर्दै उनै महतरा प्रधम बनेका थिए । महतराले आफ्नै रेकर्ड ब्रेक गरेका हुन् ।
प्रतियोगितामा मोहन देव जोसी दितीय, राजेन्द्र तामाङ तृतीय ,सुमन कुलुङ राई चौथो , अर्जुन कुलुङ राई पाचौं र वेद बहादुर सुनार छैटौ बन्नुभयो । खुल्ला तर्फ दोश्रोले ७५ हजार, तृतीयले ५५ हजार, चौथोले ४० हजार ,पाचौंले ३० हजार र छैटौले २० हजार नगद समेत प्राप्त गरेका छन् ।
त्यस्तै महिलातर्फ प्रिया राई प्रथम, अनिता राई दितीय र सुनकला राई तृतीय भएका छन् । उहाँहरुले क्रमश नगद ६० हजार, ३५ हजार र २० हजार प्राप्त गर्नुभयो । यस्तै जिल्लाबासि तर्फ राजेन्द्र तामाङ प्रथम , राहुल तामाङ दितीय र फुर्वासिङी तामाङ तृतीय भएका छन् । उहाँहरुले क्रमश नगद ३० हजार , २० हजार र १५ हजार प्राप्त गरेका छन् । यस्तै भोटेकोशी गाँउपालिका तर्फ नेत्र वहादुर खड्का प्रथम, भत्त वहादुर बुढाथोकी दितीय र अजय प्रधान तृतीय हुनुभयो । उहाँहरुले क्रमश नगद २० हजार, १५ हजार र १० हजार प्राप्त गरे ।
नेपाल र तीब्बतबीच युद्ध हुँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले दुगुनागढी किल्ला निर्माण गरेका हुन् । यही गढीबाट नेपालले तीब्बतसँग युद्ध लडेको थियो । ऐतिहासिक दुगुनागढी एवम् लिस्तिकोटको प्रचार गरी आन्तरिक तथा वाहिय पर्यटनमा टेवा पुर्याउन र पर्यटकीय गन्तव्यको रुपमा पहिचान गराउन ट्रेल रेसको आयोजना गरिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । भोटेकोसी गाउँपालिकाको सहयोगमा गोरख बक्स गणले तिन वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।