स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
इर्खुमा सोमबारदेखि सुरु चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अन्डर १३ फुटबल प्रतियोगितामा विभिन्न सात टोलीले बिजयी सुरुवात गरेका छन् ।
इर्खु मैदानमा सम्पन्न खेलमा इर्खु स्पोर्ट्स क्लव, सेतीदेवी मावि स्याउले, सेतीदेवी मावि ठूलोसिरुवारी, सिद्धिकमलादेवी मावि पीपलडाँडा, जनविकास मावि साँगाचोक, ज्ञानमन्दिर नमुना मावि मेलचौर र माउन्ट एभरेस्टले जित हाँसिल गरेका हुन् ।
इर्खु स्पोर्ट्सले जनजागृति माविलाई ६–२, सेतीदेवी स्याउलेले जुगल बोर्डिङलाई ५–०, सेतीदेवी ठूलोसिरुवारीले मूलखर्क युवा क्लवलाई १३–०, सिद्धिकमलाले फ्लाइङ नेपाल युवा क्लवलाई ४–०, जनविकासले पञ्चकन्या युवा क्लवलाई ४–०, ज्ञानमन्दिरले आखरेनी क्रुलाई ३–० र माउन्ट एभरेस्टले इर्खु माविलाई २–० गोलले हराएका थिए ।
बिजयी टोलीले क्वाटर फाइनल स्थान बनाएका छन् । इर्खु स्पोटर््स क्लवले आयोजना गरेको प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका थिए ।
बुधबारसम्म चल्ने प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार विभिन्न पाँच खेल सञ्चालन हुने छन् । कुण्डलादेवी मावि-योङ ब्वाइज क्लव (बिहान ८:०० बजे),इर्खु स्पोर्ट्स क्लव-सेतीदेवी मावि ठूलोसिरुवारी (बिहान ९:०० बजे), सेतीदेवी मावि स्याउले-सिद्धिकमलादेवी मावि (बिहान १०:०० बजे), जनविकास मावि-माउन्ट एभरेष्ट क्लव (दिनको १:०० बजे)
भिड्ने छन् । दिउँसाे ३ बजे ज्ञानमन्दिर नमुना माविले कुण्डला र याेङ ब्वाइजकाे बिजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।