स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अन्डर १३ फुटबल प्रतियोगिताको उपाधि जनविकास मावि साँगाचोकले जितेको छ ।
इर्खु खेल मैदानमा बुधबार भएको फाइनलमा सिद्धिकमला मावि पीपलडाँडालाई २–३ गोल अन्तरले पराजित गर्दै जनविकासले उपाधि उचालेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयक २–२ को बराबरीमा टुंगिएकोमा अतिरिक्त सयममा अर्को गोल थप्दै जनविकासले सिद्धिकमलालाई स्तब्ध बनायो । जनविकासका उत्सव माझी खेलको म्यान अफ द म्याच घोषित भए ।
विजेता जनविकासले ट्रफीको साथमा नगद १० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता सिद्धिकमलाले नगद ५ हजार रुपैयाँ पुरस्कार हात पा¥यो ।
इर्खु स्पोर्टस क्लवका सुवास महत सर्वोत्कृष्ट घोषित हुँदा सेतीदेवी मावि ठूलोसिरुवारीका मनिष तामाङ उत्कृष्ट गोलकर्ता बने । उनले प्रतियोगिताको एउटै खेलमा सात गोल गरेका थिए । उनी प्रतियोगितामै सबैभन्दा बढी गोल गर्ने खेलाडी बने ।
सिद्धिकमलाका सञ्जिव रिसाल उत्कृष्ट डिफेन्डर र जनविकासका विश्वास माझी उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट खेलाडीले ट्रफी पुरस्कार पाए ।
विजयी टोली तथा खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिका–८ का वडाध्यक्ष अमृतबहादुर दंगाल, वडा नंं १३ का वडाध्यक्ष रामप्रसाद गौतम लगायतले ट्रफी, मेडल र नगद पुरस्कार बितरण गरे ।
इर्खु स्पोर्टस् क्लवद्धारा आयोजित उक्त प्रतियोगिताको समापन कार्यक्रममा खेल क्षेत्रमा योगदान पु¥याए बापत वडाध्यक्ष अमृतबहादुर दंगाललाई विशेष सम्मान गरिएको थियो ।
तीन दिन चलेको प्रतियोगितामा नगरभित्रका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । नगरभित्र आयोजक इर्खुले पहिलो पटक उमेरर समूहको प्रतियोगिता आयोजना गरेको हो । खेल प्रतिभा चिन्न आगामी दिनमा यस्ता कार्यक्रम गर्दै जाने आयोजक क्लवका अध्यक्ष प्रकाश दंगालले प्रतिवद्धता जनाए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।