स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजनामा भएको पाँचौ संस्करणको पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ह्योल्मो ११ ले जितेको छ ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पाँच पोखरी क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित निकाल्दै ह्योल्मो च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ को लक्ष्य पछ्याएको पाँच पोखरी क्रिकेट क्लबले पूरै ओभर खेल्दै ४ विकेट गुमाएर १७६ रन बनायो ।
पाँचपोखरीका लागि ओपनर सार्थक धितालले सर्वाधिक ७८ रन बनाए । उनले ६१ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर एकनाथ नेपालले २७ बलमा ३५ रन बनाए । रोशन श्रेष्ठ, विजय कुमार धितालले १० रन बनाए भने महेश ध्वज देउजा १६ र बिक्की श्रेष्ठ १० रनमा अविजित रहे ।
ह्योल्मोका विनोद तामाङ, नामगिल चेतन, छुङ्गु लामा र दावा सोनामले १-१ विकेट लिए ।
त्यसअघि विवेक तामाङले अविजित ८३ रन बनाउँदा ह्योल्मोले १७८ रन बनाएको थियो । विवेकले ५० बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । ओपनर विनोद तामाङले ३४ बलमा ४३ तथा नामगिलले १९ बलमा १९ रन बनाए । पाँचपोखरीका विजय धिताल र मनोज खड्काले समान २ विकेट लिए ।
पाँचपोखरीबाट बाबुछोरा विजय र सार्थक धितालले सँगै खेलेका थिए । ह्योल्मोका विवेक तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।
उनले प्रतियोगिताभर तीन पटक प्लेअर अफ दि म्याच बन्दा १७८ रन बनाएका थिए । पाँचपोखरी क्रिकेट क्लबलेका सार्थक धिताल बेस्ट ब्याटर घोषित भए । यस्तै ८ विकेट लिएका करण तामाङ बेस्ट तामाङ बेस्ट बलर बने ।
च्याम्पिय ह्योल्मो ११ ले उपाधिसँगै नगद ८० हजार पायो । उपविजेता पाँचपोखरी क्रिकेट क्लबले ५० हजार प्राप्त गर्यो । पाँचपोखरी थाङ्गपाल गाउँपालिका, खेलकुदविकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा भएको प्रतियोगितामा सिन्धुपाल्चोकका ७ टिमको सहभागिता थियो । पाँचपोखरा थाङ्गपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले विजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।