स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौताराको टुँडिखेल पुनः एकपटक फुटबलमय हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटिको आयोजना गरेको तेस्रो लायन्स कपमा विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरूले मैत्रीपुर्ण फुटबल खेल्न लागेका हुन् ।
असार ७ गते शुक्रबारदेखि २ दिनसम्म चल्ने प्रतियोगितामा फरकफरक पेशाका १० टिम सहभागी हुने क्लबका अध्यक्ष सन्देश श्रेष्ठले बताए । प्रतियोगिताको खेल तालिका समेत निर्धारण भईसकेको छ ।
तालिकाअनुसार पहिलो खेल आयोजक क्लब र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुबिच शुक्रबार बिहान ७:३० बजे हुनेछ । त्यसपछि लगातार विभिन्न १० टिमले नकआउट गेम खेल्नेछन् ।
क्लब र बैंकर्स सहित पत्रकार, शिक्षक, कर्मचारी मिलन केन्द्र , चौतारा नगरका कर्मचारी , रोयल फेमेलि, चौतारा स्पोर्टिङ क्लब, मेलचौर युवा जागरण समाज र इन्जिनियर्स टिमले खेल खेल्नेछन् ।
प्रतियोगिताको फाइनल खेल असार ८ गते शनिबार दिउँसो ३:३० को लागि निर्धारण गरिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८