स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलचौरस्थित दरबारडाँडा खेलमैदानमा जारी चौथो मालिकादेवी कपको क्वाटरफाइनल खेल्ने ८ वटै टिम निर्धारण भएको छ । हिजो र आज बुधबार सम्पन्न प्रिक्वाटरफाइनलका खेलहरुबाट सबै टिमको टुङ्गो लागेको हो ।
प्रतियोगिता अन्तर्गत बुधबार ४ खेल सम्पन्न भएका थिए । स्याउले टिम शिल्ड र वारियर्स एफ सि विच भएको पहिलो खेलमा वारियर्स एफ सि २-१ गोल अन्तरले विजयी भएको हो । खेलको उत्कृष्ट खेलाडी वारियर्सकै प्रतिक लामा घोषित भए ।
सुनकोशी बि र साँगाचोक युथ क्लव विचको खेल निर्धारित समयमा गोलरहित बराबर भएपछि पेनाल्टी सुट आउटमा सुनकोशी ५-४ ले विजयी भयो । उत्कृष्ट खेलाडी पनि सुनकोसीकै प्रेम बहादुर तिमल्सिना बने ।
तेस्रो खेल चौतारा स्पोर्टिङ क्लव र सिँहमति युथ क्लव विच भएको थियो । जसमा ३-० गोल अन्तरले चौताराले क्वाटरफाइनल यात्रा तय गर्यो । चौताराकै सन्दिप कार्की उत्कृष्ट खेलाडी बने । रानीटार युवा क्लव र रोयल फेमेली विचको खेलमा रोयल फेमेलीले ३ गोल गर्दा रानिराट गोलरहित घर फर्कियो । रोयलका सुनिल गोले उत्कृष्ट खेलाडी ठहरिए ।
भोलि बिहिवार क्वाटरफाइनलका सम्पुर्ण खेल सम्पन्न हुने आयोजक मेलचौर जागरण युवा समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार क्वाटरफाइनलको पहिलो खेल सुकुटे युवा जागरण मन्च र राई एफ सि विच बिहान ११:४५ बजे, वारियर्स एफ सि र सुनकोशी बि विच दिनको १ बजे, चौतारा स्पोर्टिङ क्लव र पोखरे युवा समाजविच दिनको २:४५ बजे र अन्तिम खेल रोयल फेमेली र धार्पा युवा क्लवविच दिनको ४ बजे हुनेछ ।
सबै खेलका विजेताहरुले शुक्रबार सेमिफाइनल खेल खेल्दै शनिबार हुने फाइनलका लागि आफुलाइ तयार पार्नेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।