स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राजधानीबाट नजिकको पर्यटकीय आकर्षणको गन्तव्य सिन्धुपाल्चोकको सुकुटेमा हुने राष्ट्रिय बिच भलिबलको लागि त्रिपक्षीय सम्झौता भएको छ । प्रतियोगिताको जिल्ला भलिबल संघ सिन्धुपाल्चोकले आयोजना, नेपाल भलिबल संघको संयोजन र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले व्यवस्थापन गर्ने गरि सम्झौता भएको हो ।
आगामी माघ १ गतेदेखि ५ गतेसम्म सुकुटेमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका सातवटै प्रदेशको १/१ वटा टिम र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टिम सहभागी हुने सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले बताए । नेपाल भलिबल संघको नियमित कार्यक्रम अन्तर्गत सातौं महिला तथा आठौं पुरुष बिच भलिबल प्रतियोगिता हुन लागेको हो ।
आज नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै उक्त त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
नदि किनार (बिच) पर्यटनको लागि चर्चित पर्यटकीय नगरी सुकुटेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत रोजाईको केन्द्र बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सिन्धु सुकुटे पर्यटन ब्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले बताए । प्रतियोगिताले खेल पर्यटनमार्फत सुकुटेको थप पहिचान र प्रचारप्रसारका टेवा पुग्ने थापाले विश्वास व्यक्त गरे ।
प्रतियोगितामा प्रथम, द्धीतिय, तृतीय र स्वान्त्वना हुने टिमले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् भने विजेता र उपविजेता टोलिका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको राष्ट्रिय टिमको तर्फबाट खेल्न पाउनेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।