Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ बैशाख २५, आईतबार (२ हफ्ता अघि) २५९ पटक पढिएको
युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

सिन्धुपाल्चोकको राजनीतिक वृतमा सिता थापा कुनै नौलो नाम हैन । निडर र साहसी महिला नेतृत्वको नाम खोज्दै जाँदा सबैभन्दा अग्रपंक्तिमा आँउछ नेतृ थापाको नाम । विभिन्न राजनीतिक परिवर्तनमा मात्रै नभइ सामाजिक क्षेत्रमा पनि परिचित सिता थापा कृषिबाट मुलुकको संवृद्धि खोज्न सकिन्छ भन्ने उदाहरीय व्यक्तित्वसमेत हुन् । सँधै जनता र समाजको पक्षमा उभिने उनी आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयरकी उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनबाट चुनावी मैदानमा होमिएकी थापा कलम चिन्ह लिएर प्रतिष्पर्धामा छिन् । चौतारामा विकासको छलाङ मार्ने अनि सबै नागरिकलाई पहूँचमा पुर्याउनका लागि उम्मेदवारी दिएकी उनै सीता थापासँग गरेको संक्षिप्त कुराकानीः

चुनावी अभियानमा हुनुहुन्छ । घरदैलोमा माहोल कस्तो देख्नुभएको छ ?

एकदम सकारात्मक । जनता आतुर छन् यो निर्वाचनमा सहभागी हुन । मतदाता सचेत देखेको छु । मतदाताको उत्साह, जोस छ । उहाँहरुमा उमंग भरिएको छ । गाउँ गाउँमा पुग्दा उम्मेदवारलाई हौस्याउनु, सहयोग गर्नु नै सफलताको संकेत देखेको छु ।

के भन्छन् ? के माग्छन् त जनता ?

विकास, निर्माण, रोजगारी, जिविकोपार्जन, आवास । समग्रमा यही हो ।

अनि के आश्वासन दिएर आउनु भयो ?

अब यो निर्वाचन भनेकै विकास, निर्माणका लागि हो । यसमा ढुक्क हुनुस्, हामी यो अभिभारा पनि पूरा गर्नेछौ । हामीले भोट माग्दा यही भनेका छौं जे भनेका छौं फेरि पूरा गरेर देखाउने छौं ।

यो निर्वाचनमा तपाईंसँगै अन्य चार जना प्रतिश्पर्थी हुनुुहुन्छ । उनीहरु र तपाईविच फरक के छ ? तपाईको उम्मेदवारी किन ?

यो स्थानीय तहको निर्वाचन हो । यो निर्वाचनबाट विजयी बनेकाहरुले स्थानीय सरकार चलाउनुपर्ने हुन्छ । स्थानीय सरकार भनेकै स्थानीय जनताहरुको हो । र, सरकार चलाउने व्यक्ति पनि स्थानीयस्तरमा भिजेको व्यक्ति हुनुपर्छ । गाउँमै हुर्किएर राजनीतिमा सक्रिय भएकाले मेरा पाइतालाले चौतारा साँगाचोकगढी नगरपालिकाको सबै भूगोल टेकेको छ । भन्नै पर्दा कहाँको समुदाय कस्तो अनि कहाँ विकास आवश्यक छ मैले बुझेको छु । उम्मेदवारीको पहिलो कारण यही हो ।

अनि, विकासमा छलाङको आवश्यक देखेको छु । साँच्चै भन्नुपर्दा युग धेरै अगाडि बढिसक्दा पनि यहाँका जनता अझै पछाडि नै रहेको अनुभव मैले गरेको छु । देशकै राजधानी हामीभन्दा निक्कै नजिक छ तर पनि राजधानीको बाछिटासमेतले हामीलाई छुन सकेको अवस्था छैन ।  हामीले वर्षाैदेखि टेकिराखेको माटो अझै उस्तै छ, हिँडिरहेको बाटो अझै उस्तै छ । मैले भन्न खोजेको वर्षौदेखि देखिरहेको माटो जहाँ सुन फलाउन सकिन्छ, ती बाँझै देखिन्छ, कृषि क्रान्ति यहाँ सम्भव छ । बीसौ वर्ष अगाडि बनेका बाटो अझै कालोपत्रे हुन नसकेको अवस्था छ । हिँडिरहेको बाटोलाई स्तरोन्नति जरुरी छ । यही माटोमा जन्मिएँ । यही बाटोमै हिँडिरहँदा यहींकै जनतासँग अनुवाद भएको छु । यहींका जनताको जीवनस्तर उकास्न, अनि हरेक तर्फ, पहुँचमा पुर्याइनु मेरो जिम्मेवारी हो कर्तव्य हो ।

यो वाचा गर्छु कि म माटो भुल्दिन अनि बाटो पनि भुल्दिन तर यसको विकासका लागि उम्मेदवारी दिएको छु । जितपछि जनताको मनले छुने सेवा गर्ने भन्ने हो ।

तपाईंको जित कतिको सुनिश्चित छ ?

अब हारका दिन गए भन्ने लाग्छ । जीवनमा आइपरेका अनेकन घटनाक्रमसँग धेरै हारियो । अब जितेर नयाँ इतिहास लेख्नुछ । यो चुनावमा सीता थापा हार्दिनन्, कम मत आएर पराजित भएँ भने त्यो मेरो हैन जनताको हार हुनेछ । किनकि मैले हारेमा यहाँकै जनता विकासमा पछि पर्नेछन् ।

जनताप्रति मरो अगाध प्रेम छ, स्नेह छ । विश्वास छ अनि समर्पण छ । किनकि जनता नै मेरो सम्पति हुन् । उनीहरुको विश्वास मेरो पुँजी हो । हार र जितको सन्दर्भमा यत्ति बोलें ।

त्यस्तो के बलियो आधार छ तपाईंसँग, जिते सुनिश्चित को ?

धेरै छन्। केही मैले भनि पनि सकें । म विद्यार्थी राजनीतिदेखि यही ठाउँमा समाजसेवा गरेर बसिरहेको छु । महिला वर्ग, पिछडिएका वर्ग, दलित, जनजाति, सीमान्तकृतलगायत समुदायमा रोजगारीको सिर्जना गर्न पहलकदमी लिएको छु । त्यस्ता वर्गलाई स्वरोजगार बन्नका लागि सीप तथा आयमूलक तालिमहरु सञ्चालन गरेर आफ्नै खुट्टामा उभिने वातावरण तयार गरेको छु । कृषिबाटै नगर समृद्ध बन्न सक्छ भन्ने उदाहरण म आफै स्थानीय सरकारमा नहुँदा पनि देखाउन सकेको छु । अनि अर्काे कुरा, देशमा मात्रै हैन हाम्रो यो नगरपालिकामा पनि परिवर्तनका लागि धेरै आन्दोलन भए । त्यसको अग्रंपक्तिमा खटिएर जनताका लागि समर्पित भएको एउटा महिला हुँ म । त्यो तपाईंले पनि देख्नुभएकै होला । विकास, समृद्ध नगरपालिकाका मुद्धा धेरै कोणबाट उठाएको छु । घोषणा पत्रमा पनि उल्लेख छ । अब भन्नुस, जित सुनिश्चिताका लागि अरु थप केही भन्नुपर्छ कि नाई ?

तपाईंको अजेण्डा, नीति अनि आत्मविश्वास मात्रै ले चुनाव जितिन्छ र ?

अजेन्डा, नीति एउटा प्रारम्भिक खाका हो । जसले विकासको मार्गनिर्देश गर्छ । विकासका लागि अजेन्डा एउटा बाटो हो । जुन हामीले ट्रयाक खोलिसकेका छौं ।
आत्मविश्वास बलियो हुनु नै एउटा जित हो । मैले लिएको आत्मविश्वास नै जनताका कारण हो । म ढुक्कसँग भन्छु भोट यसपालि विश्वास, भरोसा र जनताप्रतिको मेरो समर्पणले पाउँदैछु ।
मैले अघि पनि भनिसकें कि हामीले जनताको पक्षमा जुन कामहरु गर्दै आएका छौं त्यसले जनताको जीवनस्तर उकास्नका लागि ठूलो हिस्सा लिएको छ । त्यसैले पनि जनताले विश्वास लिइसकेको अवस्था छ । जनताकै आँखा, जनताकै मन हेरेर अजेन्डा, नीति बनेको छ । अनि आत्मविश्वास हुनु सामान्य हो ।

चुनाव जित्नु भयो भने के गर्नु हुन्छ ?

मैले यो वार्तामा भनेको कुरा अभिलेख राख्नुहोस, चुनाव जितेपछि काम लाग्छ कि चुनावी गफ दिएर जितेपछि केही काम भएन भन्न पाइन्छ । त्यसैले जे सकिन्छ त्यति मात्रै बोल्ने हो । सपना देख्नुपर्छ किनकि सपना देख्दा घाटा लाग्दैन, तर अनावश्यक सपना भने बाँड्नु हुँदैन । म यो गर्छु, त्यो गर्छु भन्दा पनि पहिले जनताले बोल्नुपर्छ कि हामीलाई यस्तो चाहियो । म त्यहीअनुसार चल्नेछु । आधुनिक तथा दिगो कृषि ः किसानको सम्बृद्धि, शिक्षा प्रणालीमा आमूल परिवर्तन ः गुणस्तरीय शिक्षाको आधार, स्वास्थ्यमा आम नागरिकको पहुँच ः स्वस्थ समाज निर्माणको आधार, दिगो तथा वातावरणमैत्री पूर्वाधार ः विकासको मूल आधार, आर्थिक, भौतिक र सामाजिक सुरक्षा ः नगर सुशासनको आधार, बैज्ञानिक वन व्यवस्थापन ः स्थानीय रोजगारी तथा आर्थिक समृद्धि, प्राकृतिक तथा शैक्षिक पर्यटन स्थलको विकास ः स्थानीय रोजगारीमा योगदान लगायत शिर्षक दिएर घोषणा पत्र तयार भएको छ । यिनै सूचकमाथि रहेर नगरलाई अर्थतन्त्रमा अब्बल बनाई समृद्ध नगर बनाउने अभियानमा होमिएकी हुँ ।

प्रत्येक वडा छुने गरि चक्रपथ निर्माण वर्ष दिनभित्रै सम्पन्न गराउने लक्ष्य छ । नगर बस सञ्चालन गरेर सबै नगरवासीलाई सहज यातायातको पहुँचमा लैजानेछु । सुत्केरी, अशक्त, विपन्नकाे लागि एम्बुलेन्स, शववहान निशुल्क सञ्चालन गर्ने छौ । घरघरमा रोजगारको व्यवस्था र एक वडा एक उत्पादनलाई प्रोत्साहित गर्ने छौ । क्षण क्षणमा विद्युत आउने जाने जुन समस्या छ, त्यसको हल गर्ने छौ । हरेक विद्यालय र वडामा पुस्तकालय, इ–लाइब्रेरी, फ्रि वाइफाइको व्यवस्था गर्ने छौं ।

मतदाता फकाउनलाइ देखाएको ललिपप मात्र हो कि यो ?

हामीले गर्न सक्ने योजनाका अंश मात्र हो यो । खासगरी हामीले सार्वजनिक गरेको घोषणापत्रमा यी सबै योजनाहरु उल्लेख छन् । त्यो घोषणापत्रका योजनाहरु हामी पाँच वर्षभित्र पूरा गर्ने छौं । अनि ललिपपको कुरा जुन छ । हामी गर्न पाउने अधिकार भएको ठाउँमा भएपछि किन नगर्ने ? नगरपालिका राम्रो बनाउँछु, विकास गर्छु, गाउँमै रोजगारीको वातावरण सिर्जना गरेर नगरलाई आर्थिक समृद्धितर्फ धकेल्छु भनेर वाचा गरेको मान्छेले ललिपप मात्रै देखाउँछ भन्ने तपाईंलाई लाग्न सक्छ र ? अर्काे कुरा पहिले जिताएर पठाउनुस् भन्छु मतदातालाई । त्यसपछि काम गरेर देखाउने पालो मेरो अनि हाम्रो ।

अन्तमा म आम मतदाताई ढुक्क भएर कुनै दुविधामा नपरी उपमेयर पदमा कलम चिन्हमा मतदान गर्न आग्रह गर्दछु । तपाईंहरुले मलाई मत दिएर जिताउदाँ तपाईंहरुले कुनै दिन पछुताउनुपर्ने छैन ।

  • sita thapa
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0