Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ भाद्र ४, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ श्रावण १७, मंगलबार (२ हफ्ता अघि) ४९० पटक पढिएको
मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

प्रधानमन्त्री ज्यु नमस्कार !
समाचार श्रोत अनुसार तस्बिरमा देखियको यो पक्की मोटोरेबल पुल गोरखाको दरौदि नदि जरेबरमा बनेको पक्की पुल हो ।
५, करोड ३९, लाख ,८०, हजार लागतमा बनेको पुलको पारिपट्टि घना जंगल र वारिपट्टि ब्यक्तिको हरियालि खेत देखिन्छ ।
यतिबेला समाचार र सामाजिक संजालमा यो पुलको निक्कै चर्चा छ ।
अझ आश्चर्य त जहाँको लागि पुल बन्यो त्यहीँका स्थानीयहरु नै यो पुलको आबस्यकता नै नभयको भन्दैछन ।
सडक नै नभएको ठाउँमा पुल किन ?
यो पैसा ,शक्ति र सत्ताको चरम दुरुपयोग हो ।
स्थानीयहरुको आक्रोश छ !!

२०७७, सालमा ठेक्का सम्झौता भयर काम सुरु गरियको पुलको केहि प्रतिशत काम हुन अझै बाकिरहेछ ,तपाईंको कार्यकालमा नभयपनि सामाजिक संजाल र संचार माध्यमहरुमा प्राथमिकताका साथ समाचार प्रकाशित भयपछि अचानक मैले तपाईंलाइ सम्झिय ।

विवादास्पद पुल, तस्बिर :अन्नपूर्ण पोस्ट

तपाईंलाइ सम्झिनुका केहि कारणहरु छन प्रधानमन्त्री ज्यु ।
गयको असार १, गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँ पालिकाको भ्रेमाथाङमा पहिरो गयो ।
पहिरोका कारण मेलम्ची हेलम्बु क्षेत्रमा ठुलो बाढि आयो र सोहि बाढिका कारण हेलम्बु गाउँ पालिका बाट मात्रै १८, जना मानिसहरु बेपत्ता भयो ।

हजारौं रोपनि खेतीयोग्य उर्बर जमिन ,दर्जनौं ट्राउट फार्म सयौं घर टहराहरु , सामुदायिक र सार्बजनिक भवनहरु दर्जनौं झोलुङ्गे पुल, विद्युत र ,सडकका पुर्बाधार अनि यौटा गाउँ बाट अर्को गाउँ जोड्ने आधा दर्जन यस भेगका लाइफ लाइन मोटोरेबल पुलहरु केहि घन्टामै बाढिले बगायो ।

वारिपारि आवतजावत बन्द भयो एक आपसमा सम्पर्क बिच्छेद भयो ।सडक, बिजुली बत्ती ,खानेपानी जस्ता अत्यावश्यक चिज बाट मानिसहरू महिनौंसम्म बन्चित बन्न पुग्यो ।
बाढीका कारण हजारौं मानिसहरू बिस्थापित हुनपुग्यो ।

बाढिबाट प्रभावितहरुका कष्ट भनिसाध्य छैन प्रधानमन्त्री ज्यु ।
अहिले पनि कयौं गाउँहरुमा जब त्यहाँका मानिसहरु बिरामि पर्छन पुल नबनेका कारण कोशौ टाढा देखि स्टेचरमा बिरामी ओसार्न बाध्य हुन्छन ।
बाढिले करिब ३५, किलोमीटर आसपास तटिय क्षेत्र खंडहर बनेपछि लगत्तै मेरो नै नेतृत्वमा प्रभावितहरुका तर्फ बाट इनै कुराहरु बोकेर विभिन्न ११, बुदे माग राखेर प्रधानमन्त्री ज्युको ध्यानाकर्षण गरायको स्मरण गराउदछु,, ।

बाढि बाट प्रभावितहरुको पुनर्स्थापना ,बस्तिको संरक्षण र तत्काल केहि लाइफ लाइन सडक र पुलहरुको पुनर्निर्माण हाम्रो प्राथमिकता थियो तेतिबेला ।

हाम्रो कुराहरू बडो गम्भीरताका साथ प्रधानमन्त्री ज्यु ले सुनिदिय पछि प्रधानमन्त्री ज्यु मार्फत नै हामिले उठायका सबै मागहरु यथाशीघ्र सम्बोधन हुने प्रतिबद्धता आयको थियो ।

प्रधानमन्त्री ज्यु लाइ प्रभावितहरुका तर्फ बाट ध्यानाकर्षण गरायको केहि दिन पस्चात तपाईं कै नेतृत्वको सरकार बाट मनाङ र सिन्धुपाल्चोक जिल्ला लाइ बाढि संकटग्रस्त जिल्ला घोषणा हुंदा हामि निकै नै हर्षित भयका हौं ।

समय क्रम संगै बाढिले मेलम्ची ,हेलम्बु क्षेत्रमा अकल्पनीय क्षति पुर्यायको १, बर्ष नाघिसकेछ ।
हामिले तेतिबेला प्रधानमन्त्री ज्यु लाइ बाढिग्रस्त क्षेत्रका प्रभावितहरुका समस्याका बारेमा अबगत गरायको पनि १ बर्ष बितिसकेछ ।

सामाजिक अभियन्ता मात्रै नभयर सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको स्थानीय नेतृत्व र खासगरी प्रधानमन्त्री निकट कार्यकर्ता हुनुको नाताले पनि प्रधानमन्त्री ज्यु मार्फत प्राप्त आश्वासनका बारेमा अहिले हरेक दिन जसो प्रधानमन्त्री ज्यु लाइ बुझायको ध्यानाकर्षण का बारेमा के हुदैछ ?
भनेर मेलम्ची हेलम्बुका स्थानीय प्रभावितहरुले सोध्ने गर्नुहुन्छ,, ।
छोटो समयमै नेपालि सेनाको नेतृत्वमा हेलम्बुको इचोक चनौटेमा यौटा बेलि ब्रीज पुल बनेपछि क्रमै संग अन्य पुलहरु पनि बन्दै जानेछ संरक्षण र पुनर्निर्माणका काम पनि बिस्तारै सुरु हुनेछ धैर्य गर्न भनेर उहाँहरुलाइ थामथुम पार्ने कोसिस गर्छु ,,,
बाढिग्रस्त क्षेत्रका स्थानीयहरु त्रासै त्रासमा रात बिताउन बाध्य छन् ।
कतिपय मानिसहरू उज्यालोमा सुत्छन रातमा टर्च लाइट बोकेर जागा बस्छन् ।
अघिल्लो आर्थिक बर्षमा बस्ति संरक्षणमा अपेक्षित काम भयन पुनर्निर्माणका काम त झनै शुन्य छ प्रधानमन्त्री ज्यु ।
गयको बर्ष यो आर्थिक बर्षको पर्खाइमा बित्यो यो आर्थिक बर्षको बजेटमा पनि बाढिले थला पारेको मेलम्चि ,हेलम्बु क्षेत्र प्रदेश र संघीय सरकारको प्राथमिकता मै परेन ।

काकाकुल काठमाडौ राजधानीबासिको प्यास मेटाउने खानेपानीको उदगम हो मेलम्चि प्रधानमन्त्री ज्यु !
दुध ,तरकारी ,चामल खाद्यान्न अनि ठुलो परिमाणमा गिट्टी , बालुवा राजधानी पठाउने श्रोत हो मेलम्चि !

पांचपोखरि ,गोसाइँकुण्ड ,पालचोक भगवती मन्दिर ,हेलम्बु ,लाङटाङ जस्तो धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलका बारेमा सुन्नु भयकै छ ।
आज यि सबै धार्मिक तथा पर्यटकीय ठाउँहरु एक अर्का संग चुडियका छन ।
सडक र आबस्यकता नै नभयको गोरखाको दरौदि खोलामा करोडौं लगानिमा पुल बनेछ आबस्यकता र सडक दुबै भयको मेलम्चि र हेलम्बुमा पुल कहिले बन्छ प्रधानमन्त्री ज्यु ?

प्रधानमन्त्री ज्यु बाहेक सरकारका थुप्रै सांसद र ,मन्त्री ज्युहरु बाट बाढिग्रस्त क्षेत्रको अबलोकन भ्रमण भयकै हो ।
स्वयं प्रधानमन्त्री ज्युलाइ यस क्षेत्रको भ्रमणका लागि समेत पटकपटक आग्रह गरेको सम्झिन्छु ।

यौटा कार्यकर्ताका रुपमा हरेक पटक ब्यस्तताका बाबजुद पनि समय दियर चासो पुर्बक मेरा कुराहरू सुनिदिनु भयकै थियो
आज पत्र मार्फत ब्यक्त गरियका कुराहरू प्रधानमन्त्री ज्यु संगै भेटेरै पनि गर्न सक्दथे तर यो पटक मलाइ यसरिनै उचित लागेर खुल्ला पत्र लेखे ।
समय मिलाएर यसै खुल्ला पत्र मार्फत प्रधानमन्त्री ज्यु लाइ बाढिग्रस्त मेलम्ची ,हेलम्बुमा भ्रमणका लागि समेत निम्तो गर्दछु।

उहि तपाईं कै …… सागर श्रेष्ठ , मेलम्ची

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

  • प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

  • सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

  • मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    • ताजा अपडेट
    • २४ घण्टामा

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    भीरबाट खस्दा दुई जनाको मृत्यु

    आयो ‘आलु जस्तो लव’ को टेलर

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    हेलम्बु केन्द्रविन्दु भएर भुकम्पको धक्का

    मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    समाचार
    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0