Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ कार्तिक ३०, बुधबार (४ महिना अघि)
लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मतदान गर्न अब ४ दिन मात्र बाँकी छ । विभिन्न दलका उम्मेदवारहरू यतिबेला मतदाता रिझाउँदै मत माग्न घरदैलोमा व्यस्त छन् । २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र भएको सिन्धुपाल्चोकमा प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र ख मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापाले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका थापा उनी उम्मेदवार बनेको क्षेत्रका सुपरिचित व्यक्ति हुन् । निर्माण व्यवसायी थापा समाजसेवा र राजनीतिको माध्यमबाट त्यस क्षेत्रका युवाहरूमाझ लोकप्रिय छन् । प्रदेश सभा सदस्य बनेपछि पार्टी सरकारमा सहभागी भएमा थापालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने समेत पार्टीका पूर्व अध्यक्ष पशुपतिशमशेर राणाले बताएका छन् । उनै थापासँग खुल्लापानाका लागि विजय नेपालले निर्वाचन लक्षित गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्वाचन प्रचारप्रसार अभियान कसरी चलाउँदै हुनुहुन्छ ? मतदाताको प्रतिकृया कस्तो पाउनुभएको छ ?

निर्वाचन प्रचारप्रसारको अवधि छोटो समय भएकाले त्यसको अधिकतम उपयोग गर्दै प्रचारप्रसारमा जुटिरहेको छु । भौगोलिक रूपले विकट रहेका गाउँबस्तीहरूमा समेत पुगेर मतदाता भेटघाट गर्न समय नै कम भयो । तैपनि रातदिन नभनी घर—घर, आँगन—आँगनमा पुगिरहेको छु । मेरो पारिवारिक सम्बन्ध र व्यक्तिगत आचरणका कारण पनि मतदाता मलाई भोट हाल्न आतुर भएको देखेको छु । फेरि मेरा प्रतिस्पर्धीहरू यसअघि नै परीक्षण भइसकेका व्यक्तिहरू हुनेभएकाले मतदाताहरू नयाँ युवा उम्मेदवारलाई मत हाल्ने पक्षमा हुनुहुन्छ ।

तपाईं आफैले आफूलाई नयाँ उम्मेदवार भन्नुभयो । जनताले एकैपटक नयाँ उम्मेदवारलाई के विश्वासले मत हाल्छन् जस्तो लाग्छ ? तपाईं आफू नयाँ भएपनि पार्टी त पुरानै छ । तपाईंलाई के विश्वासले मतदान गर्ने ?

म राजनीतिक चेत बोकेर विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएको युवा हुँ । क्याम्पसका स्ववियु निर्वाचनहरूमा समेत सहभागी भइ विद्यार्थीको हक र अधिकारको पक्षमा वकालत गर्दै आज यो अवस्थामा आइपुगेको छु । म सँग स्पष्ट भिजन छ । म जितेर गएपछि नीति बनाउने ठाँउमा पुग्ने भएकाले नयाँ पुस्ताले देशमै रोजगारी पाउन सक्ने, उचित शिक्षा पाउन सक्ने, अध्ययन र रोजगारी कै लागि विदेशिनु पर्ने अवस्थाका अन्त्य हुने गरी दिर्घकालीन लक्ष्यसहितको नीति निर्माण गर्नेछु । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफू पनि भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीलाई कडाभन्दा कडा सजाय हुने कानुन निर्माण गराउनेछु । मैले मतदातालाई एकपटक मलाई हेर्नुस्, काम गरिन भने अर्कोपटक फेर्नुस भन्दै हिँडेको छु । म अरु दलका उम्मेदवार जस्तो म मात्रै ठिक भन्ने घमण्ड बोकेर हिडेको छैन । मसँग त आत्मविश्वास छ, मेरो त्यही आत्मविश्वास देखेरै मतदाता पनि मलाइ मत दिन आतुर हुनुहुन्छ ।

म आवद्ध पार्टी देशकै माटो सुहाँउदो पार्टी हो । आयातित माक्र्सवादी दल भन्दा म आवद्ध दल नयाँ र नेपाली मौलिक पार्टी हो । यो पार्टीको सदस्य भएर निर्वाचनमा होमीन पाउनु मेरो लागि सौभाग्य समेत हो । पार्टीमा नयाँ नेतृत्व आएपछि अहिले देशैभरबाट उदयीमान वैकल्पिक शक्तिको रुपमा राप्रपा उदाइरहेको छ । यस्तो अवस्थामा आम मतदाताले यस पटकको स्वर्णीम मौका गुमाउनुहुनेछैन ।

तपाईंको मुख्य चुनावी अजेन्डाहरु के–के छन् ?

म आफू पनि ग्रामीण क्षेत्रको मान्छे भएकोले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र जुगलले विकट गाउँ तेम्बाथानका बासिन्दाले समान सुविधा उपभोग गर्न पाउनुपर्छ भन्ने कुरामा सदैव दृढ छु । ६ कक्षाभन्दा माथि पढ्न नपाउने तेम्बाथानका बालबालिकासहित हरेक बालबालिकाले आफ्नो क्षमता अनुसार गरिब पारिवारिक पृष्ठभूमि हुनेले पनि एकदमै सस्तोमा उसले चाहेको शिक्षा लिन पाउनुपर्छ भन्ने मेरो माग छ । गरिबका बच्चा पनि डाक्टर, इन्जिनियर, पाइलट हुन पाउनुपर्छ । हरेक बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा सरकारले लिनुपर्छ, म लिन्छु । सडक, पुल, विजुली, खानेपानी जस्ता आधारभूत विकास नेताले छानेर हैन, सरकारले जानेर दिनुपर्छ । मेरो क्षेत्रको हरेक नागरिक यी सुविधाबाट बञ्चित नहुने गरी समतामूलक ढंगबाट सबैतिर समान विकास गरिनेछ । आवश्यकताको आधारमा विकास गर्ने नीति निर्माण गर्दै प्रमुख सडक तथा अन्य वडास्तरीय ग्रामीण सडकहरु बाह्रैमहिना कम्तिमा एम्बुलेन्स गुड्न सक्ने गरी स्तरोन्नति गरिनेछ । अझै पनि विजुली बत्ती बाल्न नपाएका जुगलका तेम्बाथान, क्याङसिङ, गुम्बा सहितका यस क्षेत्रका सबै बस्तीमा नियमीत बिजुली बालिनेछ । विपन्न परिवार पहिचान गरी घरायसी प्रयोजनको बिजुली निशुल्क गरिनेछ । टुकी र सोलारको धिपधिपे उज्यालोमा रहेका बस्तीलाई राष्ट्रिय प्रशारण लाइनमा जोडेर गाउँवासकिो जीवनशैली परिवर्तन गर्ने मेरो लक्ष्य छ ।

कृषि तथा युवा रोजगारको क्षेत्रमा तपाईं कसरी अगाडि बढ्नुहुन्छ ?

अहिले जुगल गाउँपालिकाभित्र मात्रै ३१० मेगावाटभन्दा धेरै विजुली निकाल्ने गरी हाइड्रोपावरहरु दर्ता भइ सञ्चालनमा रहेका छन् भने लामोसाँघुको म्याग्नेसाइट उद्योग रुग्ण बनेर बसेको छ । यी उद्योगहरुमा स्थानिय युवाहरुलाई उनीहरुको सीप र श्रमको आधारमा रोजगारीको व्यवस्था गर्न सकिने आधारहरु छन् । हाइड्रोेपावर कम्पनीहरुलाई नेताप्रति भन्दा जनताप्रति बफादार बनाइ जनताको माग पूरा गर्ने वाचा भयो । युवाहरुको विदेश पलायनताको क्रम रोक्न स्वरोजगारमूलक तालिम दिने र सीप बन्धकी राखेर सामूहिक कृषि उद्यम गर्न चाहने युवालाई निव्र्याजी ऋण दिने नीति प्रदेश सरकारबाट निर्माण गराइनेछ । मल तथा बिउ समयमै उपलब्ध गराउने मेरो पहल हुनेछ ।
उच्च क्षेत्रमा उत्पादन हुने आलु, मुला तथा बेशीका फाँटहरुमा तरकारी तथा अन्न उत्पादन गर्न प्रोत्साहन गरी विचौलियाले नाफा खाएर किसान लुटिने दिनको अन्त्य गरिनेछ । कृषि उत्पादन सरकारले नै किन्ने व्यवस्था गर्नेछु । प्रदेश सरकारको अनुदानमा बीमा गराउने गाउँमै रहेर कृषि कर्ममा लागेका किसानलाई कर छुट दिइने, व्यापारी, व्यवसायी ठेकेदारसँग नाफाको अनुपातमा मर्का नपर्नेगरी कर नीति लागू गर्ने मेरो योजना छ ।

पर्यटन क्षेत्र पनि नेपालको मुख्य आर्थिक उपार्जनको क्षेत्र हो । यस विषयमा त केही बोल्नुभएन नि ?

तपाईंलाई पनि थाहै होला, अहिले जुगल गाउँपालिकाले प्रचारमा ल्याएको नेपेमासल र जुगल हिमालको प्रचारको लागि मेरै व्यक्तिगत पहल र खर्चमा गाउँपालिकाले भन्दा पहिले नै भिडियो डकुमेन्ट्री बनाइसकेको छु । यस्ता पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार, पदमार्ग तथा प्रचारप्रसार गरी स्थानीय जनताको आर्थिक विकास गर्ने मेरो लक्ष्य छ । सुकुटे करिडोर जल पर्यटन हब बनाउदै जुगल हिमाललाई हिमाल आरोहण अभ्यास केन्द्रको रुपमा विकास गर्नेछु । जङ्गललाई स्थानीय जनताको आयस्तरको स्रोत बनाउदै जग्गा बाँझो छाड्ने परिपाटी अन्त्य गराउन बाँझो जग्गा भूमिहीनले खेती गर्न पाउनेगरी जग्गाधनिसँग निशुल्क लिजमा दिलाइनेछ ।

तपाईंकाे पार्टीको मत जित्नका लागि पक्कै पर्याप्त छैन । त्यसमा पनि दुई ठूला दल गठबन्धन नै गरेर आएका छन् । यस्तोमा हार्ने नै हो भनेर जनताले मत हाल्दैनन् कि तपाईंलाई ?

तपाईं कुरा अंकगणीतीय हिसाबले हेर्दा ठिकै हो । दलगत रुपमा हामी अरु दलको तुलनामा कमजोर छौं । तर अहिलेका सचेत मतदाताले दल भन्दा पनि त्यसका उम्मेदवार र उसले उठाएका मुद्दा हेरेर मत हाल्ने हुनाले जनताले मेरो प्रतिज्ञा पत्र हेरेर मलाई नै मत हाल्ने मनसाय बनाइसक्नु भएको छ । र, अर्को मलाई फाइदा हुने कुरा के छ भने मेरा प्रतिस्पर्धी मित्रहरु मेरो लागि कहिल्यै समस्या बन्नुहुन्न । गठबन्धनको तर्फबाट उम्मेदार बन्नुभएका माओवादी नेता यो ठाउँको पाहुना हुनुहुन्छ । पाहुनालाई फूलमालाले स्वागत गर्ने हो, मत दिने हैन भनेर उहाँकै कार्यकर्ताहरुले नै भन्दै आएका छन् । एमालेका उम्मेदवार पनि यसअघि गाउँपालिका अध्यक्ष जितेर जनताले उहाँको कार्यशैली नियालिसक्नु भएको छ । एमालेकै कार्यकर्ताहरु समेत उहाँसँग रुष्ट हुनुहुन्छ ।
गठबन्धनका कारण नेपाली काँग्रेसले उम्मेदवार नपाउँदा उहाँहरु पनि खुसी हुनुहुन्न । उहाँहरुलाई के कुरा थाहा छ भने यदि यो क्षेत्रमा यस पटक कम्युनिष्टले किला गाड्यो भने अर्को पटकबाट काँग्रेसले त्यो किला फुकाल्ने त परै जाओस, हल्लाउन पनि सक्नुहुन्न । त्यसकारण पनि प्रजातन्त्रको रक्षा गर्दै लोकतन्त्रको संस्थागत विकासको लागि पनि मैले जित्दा राप्रपासहित काँग्रेस, एमाले र माओवादीको जित नै हुन्छ । नयाँ स्वतन्त्र मतदाताहरुको चाहना पनि युवा नेतृत्व नै भएकाले मलाई मत हाल्ने कुरा उहाँहरुले नै मलाई बताउनुभएको छ । दीपकले हार्छ की भन्ने डर त्यागेर ढुुक्कसँग मत हाल्न मैले सबैलाई आग्रह समेत गरेको छु र उहाँहरुले पनि मत हाल्ने प्रतिवद्धता जनाउनुभएकोले म निर्वाचन जित्नेमा पूर्ण विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0