स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चरिकोट , २३ माघ ।
मौसममा बदलि आउनासाथ दोलखाको कालिञ्चोक हिँउले ढाकिएको छ । कालिञ्चोकसँगै दोलखाको माथिल्लो क्षेत्रमा समेत हिमपात भएको छ ।
आज दिउँसोबाट कालिन्चोक,गौरीशंकर , शैलुङ र जिरीका उच्च स्थानहरुमा हिमपात भएको हो । कालिन्चोकको कुरी, कालिन्चोक मन्दिर आसपास, चेर्दुङडाडा, शैलुङको सय थुम्कासम्म हिउँ परेको स्थानियले बताएका छन् ।
कालिन्चोकको मन्दिर र कुरी क्षेत्रमा हिमपात भएसँगै स्थानियहरु खुसी भएका छन् । हिउँ लक्षित गरेर आन्तरिक पर्यटकहरु ब्यापक आउने भएकाले पनि यहाँ हिउँ पर्नु ब्यवसायीका लागि अत्यन्तै खुसीको कुरा हो ।
दोलखाको कालिञ्चोकसँगै खरिढुङ्गामा समेत हिउँ पर्न थालेको छ । खरिढुङ्गा काठमान्डौ आउने र जाने सडक लामोसाँगु जिरी सडकको बिच भागपनि हो । हिउँ परेसँगै आलु किसानहरु पनि उत्साहित देखिन्छन् ।
कालिन्चोक क्षेत्रमा हिउँ परेसँगै युवायुवतिहरुको भिड लाग्ने गरेको छ । युवायुवतिहरुको बिशेष गन्तब्य कै रुपमा कालिन्चोकलाई लिईने गरेपनि कालिन्चोक मन्दिर दर्शन गर्न आउनेहरुको भिड समेत यहाँ लाग्ने गरेको पाईन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८