स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पछिल्लो समय मनोरञ्जन र स्वास्थ्यको लागि पनि हाइकिङ (पैदल यात्रा) जाने प्रचलन बढीरहेको छ । युवायुवती तथा पाका उमेरका व्यक्तिहरु पनि हाइकिङमा रमाउन थालेका छन् । यस्तै हाइकिङका लागि पछिल्लो समय सिन्धुपाल्चोकको भुतछाँगा पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।
राजधानी काठमाण्डौको कोलाहाल र प्रदुषणबाट फुर्सदको श्वास फेर्न चाहनेहरुको लागि सिन्धुपाल्चोकको भुतछाँगा उत्कृष्ट गन्तव्य बन्न थालेको छ । भ्लग बनाउने युवाहरुदेखि निवृत्त जिवन विताइरहेका पाका उमेरका व्यक्तिहरु समेत हाइकिङका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ मा रहेका भुतछाँगामा आउन थालेका छन् । काठमाण्डौंबाट एक दिनमै पुगेर फर्कीन सकिने र मनमोहक दृष्यावलोकन समेत गर्न सकिने भएको कारण भुतछाँगा आकर्षणको केन्द्र बन्न थालेको हो ।
यहाँको अदुभुत दृष्यावलोकन गर्न पाँउदा पर्यटकहरु रमाउने गरेका छन् । काठमाण्डौंबाट हाइकिङकै लागि भुतछाँगा आइपुगेका इन्द्रबहादुर महर्जन, भाइराजा महर्जन सहितको टोली यहाँ आइपुगेकोपछि अत्यन्तै रमाइलो लागेको बताए । हरेक महिना देशको विभिन्न भुभाग घुम्ने गरेको द वाकर्स ग्रुपका सदस्यहरुले यस ठाँउको प्रचारप्रसार र प्रवद्र्धन गर्न सकिएमा राम्रो पर्यटकीए संभावना बोकेको बताए ।
शनिबार र अन्य विदाको दिन भुतछाँगा आउने आन्तरीक पर्यटकको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । विशेषगरी लकडाउनको फुर्सदमा चर्चामा आएको भुतछाँगा पछिल्लो समय हाइकिङ पर्यटकको लागि समेत चर्चामा आउन थालेको छ । मगर समुदायको मगुवा र घले समुदायको खानीगाउँ बस्ती नजिकै पर्ने सो स्थानसम्म पुग्नको लागि सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट ६ किलोमिटर सडक यात्रा पछि ५ सय मिटरको पैदल यात्रामा पुग्न सकिन्छ । पहिलेपहिले स्थानीय बासिन्दाको पौडी पोखरीको रुपमा मात्रै रहेको सो छाँगा अहिले भने आन्तरीक पर्यटकहरुको जलक्रिडास्थल बन्न पुगेको छ । आफुहरु फर्किएपछि भुतछाँगा भ्रमणको लागि अन्य हाइकिङ टोलीलाई समेत अनुरोध गर्ने द वाकर्सका संयोजक राजेश शर्मा बबले बताए ।
पर्यटकहरुलाई लक्षीत गरी यहाँ नजिकै मगुवामा रिसोर्ट सञ्चालनमा आउन लागेको भने सोही बस्तीम होमस्टे समेत सञ्चालनको तयारीमा छ । यहाँ आउनको लागि चौतारामा रहेको होमस्टे तथा होटलहरुमा समेत बास बसेर चौतारा आसपासकै गौरती मन्दीर तथा बुद्धपार्कको समेत अवलोकन गर्न सकिन्छ । बागमती प्रदेश सरकारको लगानीमा सिँडी निर्माण गरिएको सो स्थानको विकासमा नगरपालिकाले भने आफ्नो पर्यटकिय गन्तव्यको सुचीमा राखेपनि विकासको लागि भने ठोस कदम भने नचालेको भुतछाँगा पर्यटकीय विकास समिती का अध्यक्ष निरञ्जन थापा मगरले बताए ।
पैदल यात्रा तथा साइकलिङको लागि समेत उत्कृष्ट गन्तव्य बन्न सक्ने भुतछाँगा राजधानी काठमाण्डौबाट ९३ किलोमिटर र सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट ६ किलोमिटर दुरीमा पुग्न सकिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।