स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी कुण्डमा आगामी कात्तिक २ गते प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने भएको हो ।
स्वदेशी तथा विदेशी महिलाहरुको सहभागीमा हुने उक्त म्याराथनमा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो, तेस्रो , चौथो र पाँचौ हुनेले समेत शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताइन् ।
उक्त दौड प्रतियोगितामा सहभागी हुन गुरुङले सबै महिला आमा तथा दिदिबहिनी र छोरीहरूलाई अनुरोध गरेकी छिन् । दौडमा सहभागीता जनाउन नेपाली महिलाले ५ सय रुपैयाँ र विदेशी महिलाले ५ डलर दर्ता शुल्क बुझाउनुपर्ने उनले बताइन् ।
दौड २०८१ कार्तिक २ गते बिहान ७ बजे पाँचपोखरीबाट शुरु भई मानेखर्क, रैथानेमा अन्त्य हुनेछ । म्याराथन दौड सहित सोही समयमा मास ट्रेकिङ पनि हुनेछ । ‘बर्षमा कम्तिमा १ पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मुल नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो ।
मास ट्रेकिङमा सहभागी हुनेको लागि भने नेपालीले १३ हजार ५ सय रुपैयाँ र विदेशीले २ सय डलर तिर्नुपर्नेछ । दशैं तिहारको विदामा घुम्न जान चाहनेहरुलाइ लक्ष्यित गरि ट्रेक आयोजना गरिएको गुरुङले बताइन् । सो म्याराथन तथा मास ट्रेकमा सहभागी हुन चाहनेले दशैंको फुलपाती अर्थात असोज २४ गते भन्दा अगाडि नै वर्षा ठाकुर 9861583629 लाई सम्पर्क गरी नाम दर्ता गरिसक्नुपर्ने छ ।
सहभागीको यातायात , खाना तथा बासको खर्च आयोजकले व्यहोर्नेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।