स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा, ९ माघ ।
पछिल्लो एक वर्षको अवधिमा मात्रै सिन्धुपाल्चोकबाट सात टन भन्दा वढी अर्गानिक कफि निर्यात भएको छ ।कोरोना महामारी र लकडाउनका कारण विश्वभरको अर्थव्यवस्थामा स्थीर हुँदा समेत सिन्धुपाल्चोकको कफि व्यवसायमा भने त्यसले त्यती असर नपारेको पाइएको छ ।
सिन्धु कफी सहकारी संघमार्फत पुस मसान्तसम्ममा सात टन अर्गानिक कफि विदेश निर्यात भएको हो । सिन्धुपाल्चोकको अर्गानीक कफि विकसित देश जापान, अस्ट्रेलिया, कोरिया लगाएतका देशमा निर्यात भइरहेको हो । कृषिमा समेत अब्बल मानिने ति देशहरुमा अर्गानिक कफि कोभिडअघिझैं हवाई र जलमार्गबाट निर्यात गरिरहेको जिल्ला कफि सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु खड्काले बताइन् ।
यस वर्ष कोभिड—१९ को कारण विश्व बजारमा परेको प्रभावले बजारमा कमी आउनुको साथै र कफिमा रोग लाग्ने समस्याले उत्पादन र निर्यात केही घटेको अध्यक्ष खड्काले बताइन् । यसले किसानमा केही निरुत्साहितता समेत थपेको उनले बताइन् । “तर जापान, अस्ट्रेलिया र कोरीयामा भने सिन्धुको कफि लोकप्रिय भएकाले निर्यात रोकिएको छैन,’ खड्काले भनिन्—‘यसले सम्पूर्ण कृषकको मात्रै नभई देशको नै पहिचान उच्च राखेको छ ।’ सिन्धुपाल्चोकको अर्गानीक कफिको अन्य देशमा समेत उच्च माग रहेको उनले बताइन् ।
जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा कफि खेती भइरहेको छ । सिन्धुपाल्चोकमा उत्पादन हुने अर्गानिक कफि तीन देशमा निर्यातयोग्य ‘कफि ग्रिन बिट’को रुपमा लिइन्छ । जसकारण यसको मुल्य समेत उच्च छ । सिन्धुपाल्चोकको कफि प्रतिकिलो ९ डलरमा बिक्री हुने गरेको र पर्याप्त मागका कारण माग अनुसारको आपुर्ती गर्न समेत नसकिएको अध्यक्ष खड्काले बताइन् ।
सिन्धुपाल्चोककम वि.सं. २०६४ सालदेखि एउटा सामाजिक संस्थाबाट सुरु गरिएको कफि खेतीलाई सहकारी संघबाट व्यवस्थित बनाएर जिल्लामा पहिलो पटक सुरु गरिएको हो । जिल्ला कफि सहकारी संघबाट ‘अर्गानिक सर्टिफिकेसन’ सकेर तीन देशमा वार्षिक सात टन कफि निरन्तर निर्यात गरिँदै आएको छ । अहिले सिन्धुपाल्चोकमा उत्पादन भएको कफि कोरियामा ‘ब्युटिफुल कफि कोरिया’, अस्ट्रेलियामा ‘हिमालयन अर्गानिक कफि अस्ट्रेलिया’ र जापानमा ‘कफि अफ नेपाल’ लगाएतका संस्थाले संस्थागत व्यापारका रूपमा नेपालबाट ति देशमा आयात गर्ने गर्ने गरेका छन् ।
उसो त सिन्धुपाल्चोकको कफि राजधानी काठमाडौंदेखि अन्य स्थानीय बजारमा समेत विक्रि भइरहेको छ । ‘सिन्धु अर्गानिक कफि’ नामक ब्रान्डको लोगो राखेर नेपालमा समेत विक्रि वितररण भइरहेको अध्यक्ष खड्काले बताइन् । जिल्लाभरको कफि उत्पादन, प्रशोधन र बजारीकरणको जिम्मा लिएको कफि सहकारी संघले नेपालमा ‘सिन्धु अर्गानिक कफि’ ब्रान्डिङ गरेर नेपालभर तथा विदेशमा समेत निर्यात गरिरहेको छ । संघसँग जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषक आवद्ध छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे, चौतारा साँगाचोकगढी, मेलम्ची नगरदेखि अन्य पाँच गाउँपालिकाका करिब २ हजार १ सय ५० परिवार व्यावसायिक कफि खेतीमा लागेका छन् । यसबाट उत्पादन हुने वार्षिक ३० टनभन्दा बढी कफिबाट मात्रै वार्षिक करिब २ करोड आम्दानी हुने गरेको छ । असार महिनामा लगाइने कफीका बोटबाट पूरा उत्पादन लिन तीन वर्षको समय लाग्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।