स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१८ असार, काठमाडौं ।
विभिन्न सीप र योग्यता भएकाहरूको लागि रोजगारी अवसर प्राप्त हुनु नौलो कुरा हैन । तर बतास एग्रो प्रालिले किसानका लागि समेत रोजगारीको अवसर ल्याएको छ ।
बतास एग्रो प्रालिले किसान पदमा रोजगारीका लागि आवेदन माग गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयर चौरमा २०० रोपनी क्षेत्रफलमा गर्न लागिएको कृषी र पशुपालनका लागि १० परिवार अर्थात (श्रीमान/श्रीमती) का लागि रोजगारी आह्वान गरिएको हो ।
प्रतिपरिवार ३२ हजार रुपैयाँ मासिक तलब तोकिएको रोजगारीका लागि १० परिवार पनि विभिन्न जातीका हुनुपर्ने उल्लेख छ । जसअनुसार गन्धर्व, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ्ग मगर, ब्राह्मण, क्षत्री र नेवार परिवारका व्यक्तिहरुको आवश्यकता रहेको कम्पनीले जनाएको छ । यसका लागि उमेरको हद ४५ बर्ष तोकिएको छ ।
तलब सुविधाका रुपमा ३२ हजार रुपैयाँका साथमा बिमा, अतिरिक्त उपहार सुविधा र विशेष पनि छन् । जसअनुसार ७ लाख बराबरको दुर्घटना बिमा, ३ लाख बराबरको औषधी उपचार बिमा र ३ लाख ३० हजार बराबरको प्राकृतिक म्यादि जीवन बिमा सुविधा छ ।
अतिरिक्त उपहार सुविधामा घर पालुवा पशुपंक्षीदेखि जग्गा, विद्युतीय सामान, भान्साका सामग्री र सिरक डसनासम्मको सुविधा उपलब्ध गराइनेछ । विशेष सुविधा अन्तरगत मोटरसाइकल किन्न ५० प्रतिशत लगानी गरिदिने र बाँकी न्युनतम ब्याजमा किस्ताबन्दीको सुविधा छ । साझेदारी मान्यता अनुसार पशुपालनबाट प्राप्त हुने आम्दानीमा ६० प्रतिशत किसान परिवार र ४० प्रतिशत बतास एग्रो प्रालिलाई वितरण हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।