स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ चैत, चौतारा ।
आसन्न स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता, मतदान स्थल र मतदान केन्द्रको संख्या सार्वजनिक गरेको छ । जसअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा मात्रै २ लाख ५५ हजार ७१२ जनाले मतदान गर्नेछन् ।
सिन्धुपाल्चोकको मतदातामध्ये १ लाख ३२ हजार २१२ जना पुरुष रहेका छन् भने १ लाख २३ हजार ५०० जना महिला मतदाता रहेका छन् । उनीहरूले १४४ मतदान स्थलमा रहेका ३१६ मतदान केन्द्रमा मतदान गर्नेछन् ।
देशभरको कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेकोमा बागमती प्रदेशमा मात्रै ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेका छन् ।
सिन्धुपाल्चोकमा भने सबैभन्दा धेरै मतदाता मेलम्ची नगरपालिकामा रहेका छन् । मेलम्चीमा ३९ हजार २०५ जना मतदाता रहेका छन् भने त्यसपछि सङ्ख्याका आधारमा चौतारा साँगाचोकगढी नगरपालिकामा ३८ हजार २९८ जना मतदाता रहेका छन् ।
सबैभन्दा कम मतदाता भने भोटेकोशी गाउँपालिकामा १३ हजार १६४ जना रहेका छन् ।
[dflip id="4280" ][/dflip]
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८