स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ बैशाख, चौतारा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ मा निर्वाचित वडाध्यक्ष दिपेन्द्र थापा सहित २ जना वडा सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुली समक्ष उनीहरूले राजिनामा पेश गरेका हुन् । राजिनामा पेश गर्नेमा वडा अध्यक्ष थापा, वडा सदस्य भिमबहादुर पराजुली र सरस्वती तिमल्सिना रहेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन चाहने जनप्रतिनिधिले बैशाख १० भित्र राजिनामा दिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आफूले पदबाट राजिनामा दिएको वडाध्यक्ष थापाले बताए । थापाले सरकारी सुविधा वापत लिएको सवारीसाधन र ल्यापटप यसअघि नै नगरपालिकाको जिन्सी शाखामा बुझाइसकेका छन् ।
स्थानीय तह निर्वाचनमा सहभागी हुनको लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गराउनुपर्नेछ । वडाध्यक्ष थापा राप्रपाबाट नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिनका लागि वडाध्यक्ष पदबाट राजिनामा दिएका हुन् । अर्की सदस्य सरस्वती तिमल्सिना उपमेयर अथवा वडाध्यक्षमा उम्मेद्वारी दिने सम्भावना रहको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८