स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ बैशाख, चौतारा ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये नेपाली कांग्रेसले तीन वटा नगरपालिकाको उम्मेदवार विधान विपरीत सिफारिस गरेको आरोप लागेको छ । पार्टीको जिल्ला कार्यसमिति बैठकले नगर र क्षेत्रीय कार्यसमितिको निर्णय उल्टएर बागमती प्रदेश कार्यसमितिलाई सिफारिस गरेको हो ।
जिल्लाको सिफारिस अनुसार मेलम्ची नगरपालिकामा मेयरमा वसन्त गुरुङ र उपमेयरमा जमुना मोक्तान तामाङ, चौतारा साँगाचोकगढीमा केशवराज गिरी मेयर र उपमेयरमा निरुदेवी श्रेष्ठ र बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेतले मेयर र उपमेयरमा मञ्जु तामाङले टिकट पाएका छन् ।
तर यो प्रकृया नेपाली कांग्रेसको विधान विपरीत रहेको जानकार बताउँछन् । ‘नगर कार्यसमिति र क्षेत्रीय कार्यसमितिको निर्णय उपर आफ्नो राय सहित जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाइ सिफारिस गर्ने हो ।’ उनले भने -‘ तर जिल्ला कार्यसमितिले त तल्लो तहको निर्णय नै नमानेर आफुखुसि विधान विपरीत सिफारिस गरेर पठाएको छ ।’
कांग्रेसका चौतारा साँगाचोकगढी नगर कार्यसमितिले प्रमख पदमा केशवराज गिरी सहित झलक नेपाल र मेलम्ची नगर कार्यसमितिले बसन्त गुरुङ सहित आइतमान तामाङको नाम सिफारिस गरि पठाएको थियोे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८