स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेकपा एमालेको तर्फबाट सुनकोसी गाउँ पालिकामा अध्यक्षको उम्मेदवार भएका टपिन्द्र प्रसाद तिमल्सिनाले आफुले पाउने तलब भत्ता दीन दु:खीलाई दिने बताएका छन ।
उनले निर्वाचन जितेपछि आफुले पाउने तलब भत्ता दीन दु:खीलाइ दिने घोषणा गरेका हुन । उम्मेदवार भएपछि जनताको माझ पुगेको तिमल्सिनाले आफू विशुद्ध समाजसेवा गर्ने उद्देश्यले उम्मेदवार भएको र अध्यक्ष भएपछि कुनैपनी सेवा सुबिधा नलिने भन्दै आफ्नो तलब भत्ता दीन दु:खीलाइ दिने घोषणा गरे । यस्तो घोषणा गर्ने सिन्धुपाल्चोकको पहिलो उम्मेदवार हुन । त्यति मात्रै होइन तिमल्सिनाले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाइ पनि भ्रष्टाचार गर्न नदिने घोषणा गरेका छन । आफू र आफ्नो परिवार आआफ्नो ठाँउ सबै सक्षम भएकोले भ्रष्टाचार गरिरहन नपर्ने बरु आफुले सामाजिक तथा आर्थिक रूपमा विपन्नलाई सहयोग गर्ने बताउदै आएका छन ।
सिन्धुपाल्चोकको हरेक राजनीति गतिविधिमा सहभागी हुँदा , कार्यकर्तालाई सहभागी गराउदा आफ्नो ब्यक्तिगत खर्छ गर्ने तिमल्सिनाले अध्यक्ष भएपछि भ्रष्टाचार नगर्ने कुरामा अन्य पार्टीका नेता कार्यकर्ता पनि बिश्वस्त छन । तिमिल्सिना अहिले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा उमेदवारी भएपछि चर्चामा छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरेश नेपालको गृह पालिकामा मात्रै नभएर अघिल्लोपटक नेपाली कांग्रेसले जितेको सुनकोशी गाउँपालिकामा योपटक नेकपा एमालेले अध्यक्षको उमेदवार बनाएपछि अहिले उनी चर्चामा छन् ।
तिमल्सिना विशेष गरि ब्यापारिक क्षेत्रमा संलग्न व्यक्ति हुन । खासाको व्यापारमा संलग्न तिमिल्सिनाको काठमाडौंको महाबौद्धमा चिनियाँ सामग्रीको होलसेल पसल थियो । अहिले तिमिल्सिनाले विगत केही वर्षदेखि आफुले गर्दै आएको सबै व्यापार,व्यावसाय अरुलाई नै जिम्मा लगाएर एमालेमा पुर्णकालिन कार्यकर्ताको रूपमा सक्रिय छन् । २०४६ सालदेखि तत्कालीन नेकपा मालेमा काल देखिनै आवद्ध भएका हुन । राजनीतिक क्षेत्रको फ्रन्टलाइमा नदेखिएपनी व्यवसायीक क्षेत्रबाट पार्टीलाई सहयोग पुर्याउदै आएका हुन । व्यवसायिक संघ संगठनको जिम्मेवारीमा रहेका तिमल्सिना एमाले निकट राष्ट्रिय बाणिज्य संघको केन्द्रिय सचीव सम्म भएका थिए ।
व्यापारिक क्षेत्रबाट एमालेको राजनीतिमा सक्रिय भएपछि तिमिल्सिनालाई तत्कालीन नेकपा एमालेले २०७४ सालमा जिल्ला कमिटी सदस्यमा मनोनित गरेको थियो । २०६४ र २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचन परिचालन कमिटीमा रहेर सक्रिय राजनीतिमा आएपछि भने तिमिल्सिना त्यसयता व्यापारभन्दा पनि एमाले र त्यसपछि नेकपा सिन्धुपाल्चोकको राजनीतिमा थिए । सुनकोशीका जनतासामु परिचीत एमाले अध्यक्षका उमेदवार तिमिल्सिनाले सामग्र सुनकोशी गाउँपालिकाको समृद्ध बनाउन विभिन्न अभियानहरु अहिले अगाडि ल्याएको बताउँछन् । गाउँपालिकालाई भ्रष्टचार मुक्त बनाउने र सुशासन ल्याउने आफ्नो पहिलो काम भएको तिमिल्सिनाले बताए । हामीले राम्रो एजेण्डा जनामाझ ल्याएका छौ,यही एजेण्डाले नै सुनकोशीमा हामीलाई जनताले जिताउनु हुन्छ तिमिल्सिनाले भने ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।