स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा, २९ पुस ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका—७, सानोसिरुवारीका एक सय २५ जना किसानले दुहुनो भैंसी पाले बापत २० हजार रुपैंया वडा कार्यालयबाट अनुदान पाउने भएका छन् ।
नगरपालिकाको चालु आ.व.मा भैंसी पालन अनुदानको लागि विनियोजन गरेको २५ लाख रुपैंयाबाट एक सय २५ जना कृषकलाई २० हजारका दरले अनुदान वितरण गर्ने भएको हो । वडा कार्यालयले भैसीपालक किसानहरुलाई अनुदान रकम दिनको लागि गठन गरेको छनौट समितीको अनुगमनको निर्णयको आधारमा बुधबार अनुदान सम्झौता गरेको हो । “यसअघिका अनुदानका कार्याक्रमहरुले साना किसानलाई समेट्न नसकेकोले साना किसानलाई समेत समेट्ने उद्देश्यले यस्तो कार्यक्रम बनाइएको हो ।” चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उमाप्रसाद दुलालले भने—“यसबाट वडामा दुधको उत्पादनमा वृद्धि हुने हामीले अपेक्षा गरेका छौं ।”
वडाले गत वर्ष १६ जना र त्यो भन्दा अघिल्लो वर्ष समेत ४० जना किसानलाई सो अनुदान दिइसकेको छ । यसअघि अनुदान रकम नपाएका किसानलाई यो पटक प्राथमीकता दिइ अनुदान वितरण गरिने वडाध्यक्ष दुलालले बताए । लैनो भैंसी पालेर डेरीमा वा पसलमा नियमीत दुध विक्रि गरिरहेका किसानलाई मात्रै अनुदान रकम दिइएको उनले बताए । आफ्नो वडाभरीमा दुइ सय १० वटा भैंसी रहेको र ती सबैलाई पालैपालो अनुदानको दायरामा ल्याइने समेत उनले बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाले भने सहकारीबाट सञ्चालीत डेरीमा दुध बेच्ने किसानलाई प्रतिलिटर ३ रुपैंया अनुदान दिइरहेको छ । यसरी भैंसीमा नै अनुदान दिँदा किसानहरु उत्साहीत भई भैंसी पालनमा वृद्धि हुने नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए । यसरी भैंसी पालनको लागि दिइएको अनुदान रकमले नगरपालिकाको एक घर एक रोजगारी कार्यक्रमलाई समेत सफल बनाउने उहाँले बताए । “घरमै बसिरहने महिला तथा पुरुषहरुलाई यस्तो कार्यक्रमले उत्साहीत बनाइ आत्पनिर्भर हुन प्रेरीत गर्दछ ।” नगर प्रमुख तामाङले भने—“यसबाट नगरमा भैंसी पालक कृषकको संख्या वृद्धि भइ नगरलाई दुधबाट आत्मनिर्भर समेत बनाउन सकिन्छ ।”
दुधालु भैंसी पालीरहेका किसानहरुले पनि यस्तो कार्यक्रमले आफुहरुमा उत्साह थपेको किसानहरुको भनाइ छ । “परम्परा धान्न मात्र भैंसी पाल्ने गरेका हामीलाई यस्ता अनुदानका कार्यक्रमले व्यवसायीक रुपमै भैसी पालन गर्न उत्साह भरेको छ,” स्थानीय किसान यमनाथ दुलालले भने ।
सुरुमा प्रतिभैैैंसी २५ हजारका दरले १०० वटा भैंसीलाई अनुदान दिइने भनिएको भएपनि किसानको उत्साहजनक उपस्थितीका कारण रकम घटाएर भैंसीको संख्या बढाइएको वडाध्यक्ष दुलालले बताए । अनुदान रकम स्थानीय मैत्री साना किसान सहकारी संस्था मार्फत वितरण हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।